मतदानपछि प्रचण्डले भने– गठबन्धनले आरामसँग बहुमत ल्याउँछ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनमा मतदान गरेका छन् । भरतपुर महानगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन आएका थिए । मतदानपछि प्रचण्ड गोरखा जादैछन् ।
यसैबीच मतदानपछि अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान जारी भएपछिको दोस्रो आम निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक महत्वको भएको बताएका छन् ।
‘स्वच्छ, धाँधलीरसिहत रुपमा निर्वाचन सम्पन्न हुनु ठुलो कुरा हो’, प्रचण्डले भने, ‘मलाई यहाँ आएर मतदान गर्दै गर्दा गर्वको महसुस भएको छ ।’ उनले देशभरको चुनावी माहोल सकारात्मक रहेको भन्दै संविधानको संस्थागतका लागि यो निर्वाचन ठुलो महत्वको विषय रहेको बताए ।
उनले यो निर्वाचनबाट गठबन्धनले आरामले बहुमत ल्याउने समेत बताए । उनले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका प्रचण्डले चितवनसँगको आफ्नो सम्वन्ध कायमै रहेको भन्दै आफु गोरखाबाट निर्वाचन लडेपनि चितवनको विकास र सम्बन्ध नटुट्ने बताए ।
उनले शासन फेरिए पनि शैली नफेरिएकोमा जनताको गुनासो आएको भन्दै त्यसलाई राजनीतिक दलहरुका लागि अवसर र चुनौति दुवै थपिएको बताए । ‘गठबन्धनले आरामसँग बहुमत ल्याउछ र गठबन्धनकै सरकार भोली बन्छ’, प्रचण्डको भनाइ छ । उनले चुनावपछिको प्रधनानमन्त्रीमा धेरैले दावी गरेपनि गठबन्धनले टुंगो लगाइनसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण