मतदानपछि प्रचण्डले भने– गठबन्धनले आरामसँग बहुमत ल्याउँछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनमा मतदान गरेका छन् । भरतपुर महानगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन आएका थिए । मतदानपछि प्रचण्ड गोरखा जादैछन् ।
यसैबीच मतदानपछि अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान जारी भएपछिको दोस्रो आम निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक महत्वको भएको बताएका छन् ।
‘स्वच्छ, धाँधलीरसिहत रुपमा निर्वाचन सम्पन्न हुनु ठुलो कुरा हो’, प्रचण्डले भने, ‘मलाई यहाँ आएर मतदान गर्दै गर्दा गर्वको महसुस भएको छ ।’ उनले देशभरको चुनावी माहोल सकारात्मक रहेको भन्दै संविधानको संस्थागतका लागि यो निर्वाचन ठुलो महत्वको विषय रहेको बताए ।
उनले यो निर्वाचनबाट गठबन्धनले आरामले बहुमत ल्याउने समेत बताए । उनले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका प्रचण्डले चितवनसँगको आफ्नो सम्वन्ध कायमै रहेको भन्दै आफु गोरखाबाट निर्वाचन लडेपनि चितवनको विकास र सम्बन्ध नटुट्ने बताए ।
उनले शासन फेरिए पनि शैली नफेरिएकोमा जनताको गुनासो आएको भन्दै त्यसलाई राजनीतिक दलहरुका लागि अवसर र चुनौति दुवै थपिएको बताए । ‘गठबन्धनले आरामसँग बहुमत ल्याउछ र गठबन्धनकै सरकार भोली बन्छ’, प्रचण्डको भनाइ छ । उनले चुनावपछिको प्रधनानमन्त्रीमा धेरैले दावी गरेपनि गठबन्धनले टुंगो लगाइनसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ
-
पुस्तक मेला गर्दै नेपालय, अफरमा पुस्तकमा छुटदेखि लेखकसँग भेटघाटसम्म
-
उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु
-
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
पर्यटन सचिव सिंह अनिवार्य अवकाशमा
-
नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन : प्रधानमन्त्री