मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री गहतराजले गरे मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ०८ : ५४
आइतबार, ०४ मङ्सिर २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन ।

मतदान पछि प्रतिक्रिया दिदैं मन्त्री गहतराजले संविधानको रक्षा र स्थायित्वका लागि मतदान गरेको बताए । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरेका छन ।

बाँके क्षेत्र नं. १ वाम-लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका साझा उम्मेदवार समेत रहेका मन्त्री अथकले आगामी पाँच वर्षसम्म संसद भङ्ग नहुने विश्वास व्यक्त गरे । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप