प्लेयर टू वाच : सोफियान बाउफल, मोरक्को
पोजिसन : लेफ्ट–विंगर
उमेरः २९
सन् २०१६ मा २२ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका सोफियानले पछिल्लो समय विश्व फुटबलमा आफ्नो बेग्लै नाम बनाइरहेका छन् ।
ला लिगामा यो सिजन मात्र ११ खेलमा ३ गोल गरेर ३ असिस्ट गरेका छन् । २९ वर्षीय सोफियानले देशका लागि भने ३२ खेलमा ६ गोल गरेका छन् ।
युरोपियन क्लबहरुका आफ्नो बेग्लै पहिचान बनाउन सफल उनी अब राष्ट्रिय टोलीका लागि ठूलो उपाधिको होडमा छन् । सन् १९७० मा पहिलो पटक विश्वकप खेलेको मोरोक्कोले १९८६ मा अन्तिम १६ मा स्थान बनाएको थियो । मोरोक्कोको यही नै ठूलो सफलता हो ।
एक पटकको अफ्रिका कप अफ नेसन्स विजेता मोरोक्को यो पटक विश्वकपमा आफ्नो स्थिति सुधार गर्ने योजनामा छ । त्यसका लागि मोरोक्कोले लामो समय मेहेनत गरेको छ । मोरोक्कोलाई सफलता दिलाउन सोफियानको मुख्य भूमिका हुनेछ । बलियो क्रोएसियासँग खेल्न लागेको मोरोक्कोको यो विश्वकप शानदार रहने अनुमान गरिएको छ ।