मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै
शुक्रबार, ०९ मङ्सिर २०७९, ०५ : ३४
मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले पाँच हजार सात सय ८२ मत प्राप्त गरेका छन् ।
जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले चार हजार पाँच सय २० मत प्राप्त गरेका छन् । शाही र कार्कीबीच एक हजार दुई सय ६२ मतान्तर रहेको छ ।
त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्लले एक हजार नौ सय नौ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले एक हजार सात सय चार मत प्राप्त गरेका छन् ।
प्रदेशसभा (२) मा एमालेका कर्णबहादुर मल्लले एक हजार तीन सय ५० र नेकपा ( माओवादी केन्द्र) का मङ्गलबहादुर शाहीले एक हजार सात सय १७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
-
ब्राजिल भर्सेस नर्वे : अन्तिम १६ मा भिनिसियस र हालान्डको भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण