फेरि वाम एकताको चर्चा
प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचेजस्तो परिणाम नआउने देखेपछि सरकार गठनका लागि वाम एकता वा गठबन्धनको चर्चा गर्न थालेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम एकताभन्दा पनि सहकार्यमा जोड दिएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार टेलिफोनबाट बधाई दिने क्रममा एमाले अध्यक्ष ओलीले सरकार गठनमा सहकार्यको सम्भावनाबारे जिज्ञासा राखेका हुन् । 'दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको छ, सम्भावित सहकार्यबारे कुराकानी भएको छ', माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण