रिखिदेउ गाउँमा स्वास्थ्य इकाई स्थापना
सर्वसाधारणको स्वास्थ्यमा पहुँच विस्तारका लागि जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ । सामान्य स्वास्थ्य उपचारका लागि ४ देखि ५ घण्टा हिँडेर स्वास्थ्य चौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर हिमा गाउँपालिकाले वडा नम्बर २ रिखिदेउ गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो ।
स्वास्थ्य चौकी सरहको सेवा सुविधा दिने गरी गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । रिखिदेउ गाउँका स्थानीयलाई स्वास्थ्य सेवा सहज रूपमा दिने उद्देश्य छ। उनका अनुसार त्यो गाउँमा ३९ घरधुरी छन् ।
सामुदायिक स्वास्थ्य इकाई स्थापनाका कारण सिटामोलका लागि ४५ घण्टासम्म हिँड्नुपर्ने बाध्यता हटेकोमा स्थानीय उत्साहित छन् । स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि टाढा नहुन् भन्ने लक्ष्यका साथ दुर्गम गाउँमा स्वास्थ्य इकाई सुरु गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण