१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
सारांश
- असार महिनाको १ देखि १९ गतेसम्म १५ कार्यदिनमा १४६ निजामती कर्मचारीले राजीनामा दिएका छन् ।
- अनिवार्य अवकाशमा जानेको सङ्ख्याभन्दा राजीनामा दिनेको सङ्ख्या बढी रहेको राष्ट्रिय किताबखानाले जनाएको छ ।
- राजीनामा दिनेमा सहसचिवदेखि सहायक स्तरसम्मका कर्मचारी रहेका छन् ।
काठमाडौँ । असार महिना लागेपछि १४६ निजामती कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यो सङ्ख्या यो अवधिमा अनिवार्य अवकाशमा जानेभन्दा बढी हो ।
किताबखानाका महानिर्देशक श्रवण पोखरेलले विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको सङ्ख्या बढेसँगै ‘ई–पेन्सन’ सेवाका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिए ।
चालु असार महिनाको १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ जनाले राजीनामा दिएको र देशभरबाट १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएको जानकारी दिए ।
महानिर्देशक पोखरेलले राजीनामा दिनेमा सहसचिवदेखि सहायक स्तरसम्मका कर्मचारीसम्म रहेको जानकारी दिए । उनका अनुसार यो अवधिमा राजीनामा दिनेमा ५ सहसचिव, ३३ उपसचिव २९ शाखा अधिकृत र ७९ सहायक स्तरका कर्मचारी छन् ।
राजीनामा पत्र बुझाएका कर्मचारीले पेन्सनका लागि आवेदन दिइसकेका पोखरेलले जानकारी दिए । राजीनामा दिनेको सङ्ख्या बढेसँगै पेन्सन व्यवस्थापनका लागि किताब खानालाई थप प्राविधिक र प्रशासनिक दबाब परेको महानिर्देशक पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
-
ब्राजिल भर्सेस नर्वे : अन्तिम १६ मा भिनिसियस र हालान्डको भिडन्त
-
डोल्पाको बाढीमा परेर गम्भीर घाइते भएका विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण