‘बडे मियाँ छोटे मियाँ’ मा अक्षयको जोडी मानुषी
आइतबार, ११ मङ्सिर २०७९, १७ : ४२
अभिनेता अक्षयकुमार र अभिनेत्री तथा पूर्व मिस वर्ल्ड मानुषी छिल्लर फेरि एकसाथ फिल्ममा देखिने भएका छन् । अक्षय र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अभिनेत्रीको रुपमा छिल्लर फाइनल भएकी हुन् ।
केही अगाडि फिल्मको मुख्य भूमिकामा अक्षय र टाइगर फाइनल भएपनि अभिनेत्रीको औपचारिक घोषणा भने बाँकी थियो । निर्माण युनिटले अहिले अभिनेत्रीको रुपमा मानुषीको नाम बाहिर ल्याएको हो । फिल्मको मुख्य भूमिकामा जान्हवी कपूर पनि चर्चा छ । रिपोर्टका अनुसार फिल्ममा ३ नायिका रहनेछन् । तीमध्ये छिल्लर एक हुन् ।
छिल्लरले अक्षयकुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ बाट फिल्म डेब्यु गरेकी हुन् । मानुषीको यो दोस्रो फिल्म हुनेछ । फिल्मका निर्देशक अली अब्बास जफर हुन् । फिल्म अर्का वर्ष डिसेम्बर (२०२३) मा रिलिज हुनेछ । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत
-
रास्वपा महाधिवेशन : सभापतिदेखि मन्त्रीसम्मले गरे मतदान (तस्बिरहरू)
-
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व सङ्कलन
-
उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन
-
शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने
-
कास्कीका पालिकाको बजेट : दबाबमा पोखरा, अरूको पैसा खर्च हुन सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण