संघीय सरकारको कुल खर्च २२.०६ प्रतिशतले बढ्यो

२०७८ कात्तिक मसान्तको तुलनामा २०७९ कात्तिक मसान्तमा संघीय सरकारको कुल खर्च २२.०६ प्रतिशतले वृद्धि भएको छ । यससँगै संघीय सरकारको खर्च रु.३५० अर्ब ९८ करोड पुगेको महालेखा नियन्त्रक कार्यालयलाई उदृत गर्दै राष्ट्र बैंकले जनाएको छ ।
उक्त खर्चमा चालु खर्चको अंश ८०.१६ प्रतिशत रहेको बताउँदै राष्ट्र बैंकले तलब तथा सामाजिक सुरक्षा खर्चमा वृद्धि र आम निर्वाचनका कारण सरकारी खर्च बढेको जनाएको छ ।
बैंकले राजस्व परिचालन भने कात्तिक मसान्तमा १९.८१ प्रतिशतले घटेको देखाएको छ । २०७८ कात्तिकसम्ममा रु.३३४ अर्ब ३१ करोड राजस्व परिचालन भएकोमा २०७९ कात्तिकसम्ममा रु.२६८ अर्ब ७ करोड राजस्व परिचालन भएको हो । आयातमा संकुचन आएकाले राजस्व परिचालन प्रभावित देखिएको राष्ट्र बैंकको भनाइ छ ।
अमेरिकी डलरको अधिमूल्यन र ब्याजदरमा भएको वृद्धिका कारण सरकारको ऋण दायित्व बढ्नुको साथै ऋणको ब्याज भार पनि बढ्न गएको मौद्रिक नीतिको त्रैमासिक समीक्षा प्रतिवेदनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमावली मस्यौदा समिति : भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था
-
प्रधानमन्त्री प्रचण्डको कुर्सीमा मदनकृष्ण श्रेष्ठ !
-
अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल
-
ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी
-
२० प्रतिशत खर्च कटौती गर्न शिक्षा मन्त्रालयको मातहतका निकायलाई निर्देशन
-
एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि