सीके राउत र विमलेन्द्र निधिबीचको भेटवार्ताले दिएको सन्देश
सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने नजाने विषयले राजनीतिक वृत्त तताएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै समानुपातिकतर्फसमेत थ्रेसहोल्ड कटाएर नयाँ राष्ट्रिय दल स्थापित गरेका सीके राउत पछिल्लो समय यही प्रश्नको घेराबन्दीमा छन्।
त्यसो त राउतको पार्टी मधेस प्रदेशमा पनि निर्णायक शक्तिको रूपमा उदाएको छ। मधेसमा राउतको पार्टी बिना न एमालेले सरकार बनाउन सक्छ, न गठबन्धनले नै। राउत यतिबेला दुबै दलसँग ुबार्गेनिङु गर्नसक्ने ुपोजिसनुमा समेत छन्।
उनले सञ्चारमाध्यममा तीन विकल्प सोझ्याएका छन्। उनले भनेका छन्( कि आफ्नो पार्टी प्रतिपक्षमा बस्छ, कि समर्थन गरे पनि सरकारमा जाँदैन, कि सरकारमा सहभागी हुन्छ। मतलब उनले सरकामा जाने विकल्पलाई खुला नै राखेका छन्।
राउतले बुधबार नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसँग उनकै निवासमा पुगेर भेटवार्ता गरे। निधिसँग भेटवार्ता गरेर राउतले सन्देश पनि दिन खोजेका छन्, जनमत पार्टी सरकारमा सहभागी हुन चाहन्छ। तर उचित भागबण्डासहित। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण