कम्बोडिया सपना देखाएर २३ लाख ठगेको आरोपमा युवक पक्राउ
शुक्रबार, १६ मङ्सिर २०७९, २० : २४

‘कम्बोडिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले खोटाङको दिक्तेलबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० घर भएका २७ वर्षीय रामकृष्ण आचार्य छन् । जिल्ला प्रहरी कार्यालय खोटाङसँग समन्वय गरेर दिक्तेलबाट उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
फेसवुक र ह्वाट्स एपबाट सम्पर्क गरेर ‘कम्बोडियामा आकर्षक तलबसहित सेक्युरिटी गार्डमा काम मिलाइदिन्छु’ भनेर आचार्यले २३ लाख ९७ हजार ठगी गरेको आरोप छ । आरोपीले आफु ‘कम्बोडियामा सेक्युरिटी गार्डमा काम गरिरहेको छु’ भनेर पीडितलाई विश्वास दिलाएर पैसा लिने गरेका थिए ।
उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
-
वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन
-
जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
-
१० महिनामा सरकारको पुँजीगत खर्च ३४ प्रतिशत, ६५ प्रतिशत राजश्व संकलन
-
सम्बन्धहरू फूलजस्तै हुन्छन् !
-
करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन