१० महिनामा सरकारको पुँजीगत खर्च ३४ प्रतिशत, ६५ प्रतिशत राजश्व संकलन
सारांश
- आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा संघीय सरकारको पुँजीगत खर्च जम्मा ३४% मात्रै पुगेको छ।
- सरकारले चालु खर्चतर्फ ६७.७९% र वित्तीय व्यवस्थापनतर्फ ७१.९६% खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
- यस अवधिमा सरकारको आम्दानी ९ खर्ब २२ अर्ब ४३ करोड १९ लाख रुपैयाँ पुगेको छ, जसमा कर राजश्व ८ खर्ब २८ अर्ब ९४ करोड १८ लाख रुपैयाँ रहेको छ।
- सरकारले अर्धवार्षिक समीक्षापछि बजेटको लक्ष्य ९.०१% ले घटाएको छ, संशोधित अनुमान अनुसार १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुनेछ।
काठमाडौँ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा सरकारको पुँजीगत खर्च जम्मा ३४ प्रतिशत पुगेको छ । संघीय सरकार अन्तर्गतको निकाय अन्तर्गत विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँमध्ये वैशाख मसान्तसम्म १ खर्ब २० अर्ब ३७ करोड ६४ लाख रुपैयाँ मात्रै खर्च हुन सकेको हो । यो कुल विनियोजित बजेटको ३४.१६ प्रतिशत बराबर हो ।
सरकारले यो अवधिमा कुल ११ खर्ब ५७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । यो रकममध्ये चालु खर्चतर्फ ७ खर्ब ७३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब २८ करोड ९४ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चालु र वित्तीय व्यवस्थातर्फ भएको यो खर्च क्रमशः ६७.७९ प्रतिशत र ७१.९६ प्रतिशत खर्च भएको देखिएको छ ।
यो अवधिमा सरकारको आम्दानी ९ खर्ब २२ अर्ब ४३ करोड १९ लाख रुपैयाँ भएको छ । त्यसमध्ये कर राजश्वतर्फ ८ खर्ब २८ अर्ब ९४ करोड १८ लाख रुपैयाँ, गैरकर राजश्वतर्फ ९३ अर्ब ४९ करोड १ लाख रुपैयाँ संकलन भएको छ । सरकारले संकलन गरेको यो राजश्व कुल लक्षित राजश्वको ६४.९९ प्रतिशत बराबर हो । यो वर्ष १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको राजश्व संकलन गर्ने बजेटको लक्ष्य रहेको छ ।
यो अवधिमा सरकारले १२ अर्ब ६९ करोड ३० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको तथा ११ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको अन्य भुक्तानी प्राप्त गरेको महालेखाको तथ्यांक छ ।
यद्यपि सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको लक्ष्य ९.०१ प्रतिशत घटाएको छ । यस अनुसार १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान छ ।
त्यसमध्ये चालुतर्फ १० खर्ब २९ अर्ब २० करोड, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण