वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन
बिहीबार, ०१ जेठ २०८२, १० : ५९
सारांश
- वीरगञ्ज महानगरपालिकाले गर्मीका कारण विद्यालय सञ्चालन समय परिवर्तन गरेको छ।
- आजदेखि महानगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरू बिहान ६ बजेदेखि सञ्चालनमा आएका छन्।
- यो व्यवस्था अर्को सूचना नआएसम्म जारी रहनेछ।
- वीरगञ्जमा ९२ सामुदायिक र १३८ निजी विद्यालय छन्।
वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।
वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ ।
महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण