खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
बिहीबार, ०१ जेठ २०८२, ११ : ०६

समाचार सारांश
- भक्तपुरको बालकोटबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नुवाकोट ककनीका ३७ वर्षीय हरिनाथ कोइराला रहेका छन्।
- प्रहरीले कोइरालाको साथबाट १ ग्राम ३२ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।
- कोइराला बालकोटस्थित प्रि सियस स्कुल नजिकैबाट पक्राउ परेका हुन्।
काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ओखरपौवा घर भएका ३७ वर्षीय हरिनाथ कोइराला छन् ।
आरोपीको साथबाट १ ग्राम ३२ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातापाटीलाई बताए ।
कोइराला बुधवार बालकोटमा रहेको प्रि सियस स्कुल नजिकैबाट पक्राउ परेका हुन् । आरोपीमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू