खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
बिहीबार, ०१ जेठ २०८२, ११ : ०६
सारांश
- भक्तपुरको बालकोटबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नुवाकोट ककनीका ३७ वर्षीय हरिनाथ कोइराला रहेका छन्।
- प्रहरीले कोइरालाको साथबाट १ ग्राम ३२ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।
- कोइराला बालकोटस्थित प्रि सियस स्कुल नजिकैबाट पक्राउ परेका हुन्।
काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ओखरपौवा घर भएका ३७ वर्षीय हरिनाथ कोइराला छन् ।
आरोपीको साथबाट १ ग्राम ३२ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातापाटीलाई बताए ।
कोइराला बुधवार बालकोटमा रहेको प्रि सियस स्कुल नजिकैबाट पक्राउ परेका हुन् । आरोपीमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण