खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा, भट्टराईले गरे स्वागत
बिहीबार, ०१ जेठ २०८२, ०९ : १६
सारांश
- खोटाङमा रास्वपाका रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमालेमा प्रवेश गरे।
- बुधबार आयोजित अगुवा कार्यकर्ता भेलामा पाण्डे एमालेमा प्रवेश गरेका हुन्।
- एमाले नेता विशाल भट्टराईले पाण्डेलाई पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए।
- पाण्डेले रास्वपाको राजनीतिक अपरिपक्वता र काण्डहरूमा संलग्नताका कारण पार्टी छाडेको बताए।
विराटनगर । खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमालेमा प्रवेश गरेका छन् । बुधबार डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन् ।
नवप्रवेशी पाण्डेलाई एमाले पोलिटब्युरो सदस्य एवं खोटाङ इन्चार्ज विशाल भट्टराईले स्वागत गरे । पाण्डेलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै भट्टराईले उनको आगमनमा पार्टी थप बलियो भएको बताए ।
पाण्डेले रास्वपा पछिल्लो समयमा राजनीतिक अपरिपक्वताले जेलिएको र विभिन्न काण्डहरूमा संलग्न रहेका कारण पार्टी परित्याग गरेको बताए ।
कार्यक्रममा पोलिटब्युरो सदस्य भट्टराईसहित एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, एमाले नेता लीलानाथ निरौला, कौशिला गुरुङ, बाबुराम जोशी, वीरेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण