खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा, भट्टराईले गरे स्वागत
बिहीबार, ०१ जेठ २०८२, ०९ : १६

समाचार सारांश
- खोटाङमा रास्वपाका रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमालेमा प्रवेश गरे।
- बुधबार आयोजित अगुवा कार्यकर्ता भेलामा पाण्डे एमालेमा प्रवेश गरेका हुन्।
- एमाले नेता विशाल भट्टराईले पाण्डेलाई पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए।
- पाण्डेले रास्वपाको राजनीतिक अपरिपक्वता र काण्डहरूमा संलग्नताका कारण पार्टी छाडेको बताए।
विराटनगर । खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमालेमा प्रवेश गरेका छन् । बुधबार डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन् ।
नवप्रवेशी पाण्डेलाई एमाले पोलिटब्युरो सदस्य एवं खोटाङ इन्चार्ज विशाल भट्टराईले स्वागत गरे । पाण्डेलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै भट्टराईले उनको आगमनमा पार्टी थप बलियो भएको बताए ।
पाण्डेले रास्वपा पछिल्लो समयमा राजनीतिक अपरिपक्वताले जेलिएको र विभिन्न काण्डहरूमा संलग्न रहेका कारण पार्टी परित्याग गरेको बताए ।
कार्यक्रममा पोलिटब्युरो सदस्य भट्टराईसहित एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, एमाले नेता लीलानाथ निरौला, कौशिला गुरुङ, बाबुराम जोशी, वीरेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश