अबदेखि गाउँपालिकामा पनि उपसचिव
अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी बहन गरिरहेका छन्। सरकारले तीन वर्ष अगाडि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी गरे पनि कर्मचारी र राजनीतिक नेतृत्वबीच सहमति हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
नेटटिभीले पायो ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स
-
विष्णु पाैडेलकाे बन्दीप्रत्यक्षीकरण रिट : विचाराधीन र फैसला भइसकेका मुद्दाका सक्कल मिसिल झिकाउने आदेश
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण