विष्णु पाैडेलकाे बन्दीप्रत्यक्षीकरण रिट : विचाराधीन र फैसला भइसकेका मुद्दाका सक्कल मिसिल झिकाउने आदेश
सारांश
- सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै विभिन्न अदालतमा विचाराधीन र फैसला भइसकेका ५ वटा मुद्दाका सक्कल मिसिल अध्ययनका लागि झिकाउने आदेश दिएको छ।
- विशेष अदालत, उच्च अदालत पाटन, र काठमाडौँ जिल्ला अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बिमा कसुर, र धितोपत्र सम्बन्धी मुद्दाका फाइलहरू मगाइएको छ।
- यसका साथै, दीपक भट्टले गृह मन्त्रालयविरुद्ध यसअघि दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको किनारा लागेको मिसिल पनि झिकाउन आदेश दिइएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै विभिन्न अदालतमा विचाराधीन र फैसला भइसकेका ५ वटा मुद्दाका सक्कल मिसिलहरू अध्ययनका लागि मागेको छ।
मङ्गलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो। विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको फाइल झिकाउन भनेको छ ।
त्यस्तै उच्च अदालत पाटनमा रहेको दीपक भट्टसमेत प्रतिवादी भएको बैंकिङ कसुर सम्बन्धी मुद्दाको फाइल मगाउन भनेको छ । काठमाडौँ जिल्ला अदालतमा रहेको आशिष श्रेष्ठसमेत प्रतिवादी भएको बिमा सम्बन्धी कसुरको मुद्दा र काठमाडौँ जिल्ला अदालतमा रहेका सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी भएका धितोपत्र (सेयर) सम्बन्धी दुई छुट्टाछुट्टै मुद्दाका सक्कल फाइलहरू झिकाउन आदेश दिएको छ ।
यसका साथै, दीपक भट्टले गृह मन्त्रालयविरुद्ध यसअघि दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको किनारा लागेको मिसिल पनि सर्वोच्चकै अभिलेख शाखाबाट झिकाउन आदेश दिइएको छ । अदालतले यी सबै फाइलहरू असार १८ गतेको पेशीका लागि उपलब्ध गराउन भनेको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमा उठाइएका विषयवस्तुको गम्भीरता र अन्य मुद्दाहरूसँगको अन्तर्सम्बन्ध अध्ययन गर्न अदालतले यो कदम चालेको बुझिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
-
परराष्ट्रमन्त्री खनाल र रूसी महासङ्घका राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण