दश वर्षपछि भेरी पुलको ठेक्का तोडियो
पुष्पलाल (मध्यपहाडी) योजनाअर्न्तगत जाजरकोट रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ । जाजरकोटको
भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसक्दा ठेक्का तोडिएको हो ।
चौरजहारी जगतीपुर सडक योजनाअन्तर्गत महत्वाकांक्षी रूपमा लिइएको भेरी नदीमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्राचार गर्दासमेत पुलको प्रगति नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ ।
पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै रुकुमपश्चिम जान सल्लीवजार जानुपर्ने बाध्यता छ । समयमा पुल निर्माण भए राजमार्ग हुँदै रुकुम पुग्न सहज हुने थियो । पुल निर्माण नहुँदा रुकुम पुग्न धेरै लामो घुम्नुपर्छ । रुकुम पुन र चौरजहारी र जगतीपुरको विकासमा समेत पुल नहुँदा बाधा खडा भएको स्थानीय बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
नेटटिभीले पायो ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स
-
विष्णु पाैडेलकाे बन्दीप्रत्यक्षीकरण रिट : विचाराधीन र फैसला भइसकेका मुद्दाका सक्कल मिसिल झिकाउने आदेश
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण