सुक्खा बन्दरगाहको सुक्खा बिजनेस
देशको सबैभन्दा ठूलो व्यापारिक हव काठमाडौं उपत्यकासँग जोडिएको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको आठ महिना पुगेको छ । काठमाडौं निजगढ फास्ट ट्र्याकसँग जोडेर यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएर बनाएको हो ।
डेढ अर्ब रुपैयाँ खर्च गरेर तयार भएको बन्दरगाहको आर्थिक लाभ भने शून्य जस्तै भएको छ। अहिलेसम्म व्यावसायिक दृष्टिबाट हेर्दा सुक्खा बन्दरगाह ुसुक्खाु जस्तै बनेको अवस्था छ।
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन राजधानी काठमाडौंमै बनाइएको सुक्खा बन्दरगाह अहिलेसम्म पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल निर्यातमा यसको हिस्सा ०.०१ प्रतिशत छ भने आयातमा ०.०३ प्रतिशतमात्रै रहेको छ।
विभागका अनुसार कात्तिक महिनासम्ममा चोभार भन्सार कार्यालयबाट ३३ लाख ८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । आयात पनि १५ करोड ६८ लाख ८४ हजार रुपैयाँमा सीमित छ। यसअघि असोजसम्ममा १० करोड ८२ लाखको आयात भएको थियो।
पछिल्लो एक महिनामा कुल ४ करोड ८६ लाख रुपैयाँको आयात भएको छ। कुल निकासी साउन महिनाकै हो। भदौदेखि कात्तिकसम्ममा यो भन्सार कार्यालयबाट कुनै पनि वस्तु निकासी भएको छैन । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी
-
सरकारले चित्त बुझ्दो जवाफ नदिएको भन्दै कर्णाली प्रदेश सभा अवरूद्ध
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
नेटटिभीले पायो ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स
-
विष्णु पाैडेलकाे बन्दीप्रत्यक्षीकरण रिट : विचाराधीन र फैसला भइसकेका मुद्दाका सक्कल मिसिल झिकाउने आदेश
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण