भक्तपुरमा स्कुटीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको भएको छ । काठमाडौंको मूलपानीबाट बोडेतर्फ आउँदै गरेको बा ७६ प ९०३५ नम्बरको स्कुटीले पैदल यात्रुलाई ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ का सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
भक्तपुर प्रहरी परिसरले जनाए अनुसार दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएको सन्तबहादुरको मृत्य भएको हो । दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो । त्यहाबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्पताल रिफर गरिएको थियो । उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका वडा नं ७ घर भई हाल काठमाडौं बौद्ध बस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइएको जनाए । स्कुटी र उनी हाल मध्यपुरको प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेको उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ प्रतिशतसम्म क्यासब्याक र विभिन्न उपहारसहित एलजीको नयाँ वर्ष अभियान जारी
-
भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
-
नयाँ वर्षमा दोलखाको हनुमन्तेमा मेला लाग्ने
-
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै
-
तनहुँमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना घाइते
-
नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने