सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कतार विश्वकपमा सेमिफाइनल समीकरण पूरा

आइतबार, २५ मङ्सिर २०७९, ०८ : ५५
आइतबार, २५ मङ्सिर २०७९

मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । 

अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साबिक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले स्थान बनाउँदा दुई पटकको च्याम्पियन दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले स्थान सुरक्षित ग¥यो । 

यसैगरी मोरक्को कीर्तिमान रच्दै पहिलो अफ्रिकन सेमिफाइनलिस्ट बन्यो । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल खेलहरु बुधबार र बिहिबार राति हुनेछन् । पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा फ्रान्स र मोरक्कोबीच भिडन्त हुनेछ । दुबै खेल राति पौने एक बजे सुरु हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप