मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई ९ दिनमा २,००० पटक फोन गर्ने व्यक्ति पक्राउ

आइतबार, २५ मङ्सिर २०७९, १५ : ३०
आइतबार, २५ मङ्सिर २०७९

एक वृद्ध जापानीले प्रहरी चौकीमा ९ दिनमा २,०६० पटक फोन गरे । उनले फोन मात्रै गरेनन् त्यहाँका कर्मचारीलाई ‘कर ठग’ र ‘मूर्ख’ भनेर चिच्याउँदै गाली पनि गरे । उनले यस्तो व्यवहार देखाएपछि प्रहरीले उनलाई पक्राउ गरेका छन् ।

सोरा न्युजका अनुसार सेप्टेम्बर ३० र अक्टोबर ८ को बीचमा सैतामा प्रिफेक्चरका ६७ वर्षका व्यक्तिले  प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २०६० पटक फोन गरेर त्यहाँका कर्मचारीमाथि चिच्याउँदै सबैजना बर्खास्त हुनुपर्छ भन्दै गाली गरे ।  ९ दिनको अन्तरालमा उनले प्रत्येक ६ मिनेटमा फोन गरे र उनले जम्माजम्मी २७ घण्टा कुराकानी गरे । अन्ततः प्रहरीले ती व्यक्तिको घरमा छापा मारेर प्रहरीको काम कारवाहीमा अवरोध पुर्याएको भन्दै पक्राउ गरे ।

उनले आफ्नो आरोप स्विकार गर्दै भने, ‘मलाई थाहा थियो, एक दिन प्रहरीले मलाई पक्राउ गर्नेछ ।’

यो अचम्मको घटनामाथि अनुसन्धान जारी छ किनभने नाम नखुलाएका ती ६७ वर्षका जापानीले प्रहरीलाई सोधपुछमा सहयोग गरिरहेका छैनन् ।

चाखलाग्दो कुरा के छ भने उनको फोन रेकर्ड अनुसार उनले वर्षौँदेखि प्रहरीलाई फोन गर्दै आएका थिए । तर पछिल्लो समय भने उनको यो क्रियाकलापमा अत्यधिक वृद्धि भएको थियो ।

यद्यपि, प्रहरीले आफ्नो काम कारवाहीमा हस्तक्षेप गरेको र कसैको जीवन रक्षाका लागि आवश्यक पर्ने स्रोतको दुरुपयोग गर्नु एउटा गम्भीर मुद्दा भएको बताएको छ । तर यस्तो क्रियाकलापमा ती व्यक्तिको निरन्तरता र डेडिकेसनबारे पनि धेरैले कुराकानी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप