प्रहरीलाई ९ दिनमा २,००० पटक फोन गर्ने व्यक्ति पक्राउ
एक वृद्ध जापानीले प्रहरी चौकीमा ९ दिनमा २,०६० पटक फोन गरे । उनले फोन मात्रै गरेनन् त्यहाँका कर्मचारीलाई ‘कर ठग’ र ‘मूर्ख’ भनेर चिच्याउँदै गाली पनि गरे । उनले यस्तो व्यवहार देखाएपछि प्रहरीले उनलाई पक्राउ गरेका छन् ।
सोरा न्युजका अनुसार सेप्टेम्बर ३० र अक्टोबर ८ को बीचमा सैतामा प्रिफेक्चरका ६७ वर्षका व्यक्तिले प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २०६० पटक फोन गरेर त्यहाँका कर्मचारीमाथि चिच्याउँदै सबैजना बर्खास्त हुनुपर्छ भन्दै गाली गरे । ९ दिनको अन्तरालमा उनले प्रत्येक ६ मिनेटमा फोन गरे र उनले जम्माजम्मी २७ घण्टा कुराकानी गरे । अन्ततः प्रहरीले ती व्यक्तिको घरमा छापा मारेर प्रहरीको काम कारवाहीमा अवरोध पुर्याएको भन्दै पक्राउ गरे ।
उनले आफ्नो आरोप स्विकार गर्दै भने, ‘मलाई थाहा थियो, एक दिन प्रहरीले मलाई पक्राउ गर्नेछ ।’
यो अचम्मको घटनामाथि अनुसन्धान जारी छ किनभने नाम नखुलाएका ती ६७ वर्षका जापानीले प्रहरीलाई सोधपुछमा सहयोग गरिरहेका छैनन् ।
चाखलाग्दो कुरा के छ भने उनको फोन रेकर्ड अनुसार उनले वर्षौँदेखि प्रहरीलाई फोन गर्दै आएका थिए । तर पछिल्लो समय भने उनको यो क्रियाकलापमा अत्यधिक वृद्धि भएको थियो ।
यद्यपि, प्रहरीले आफ्नो काम कारवाहीमा हस्तक्षेप गरेको र कसैको जीवन रक्षाका लागि आवश्यक पर्ने स्रोतको दुरुपयोग गर्नु एउटा गम्भीर मुद्दा भएको बताएको छ । तर यस्तो क्रियाकलापमा ती व्यक्तिको निरन्तरता र डेडिकेसनबारे पनि धेरैले कुराकानी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण