यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ
दाङमा हनि ट्र्यापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 'हनि ट्र्यापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिला पक्राउ परेका छन् ।
घोराही १० नारायणपुरका रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी कृष्णीकुमारी बस्नेत र गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्जिव बेलबासेले जानकारी दिए । तुलसीपुरका एक जना व्यवसायीसँग ब्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर महिलाले धम्की दिएपछि प्रहरीले पक्राउ गरेको हो। महिलाले यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ गर्न खोजेपछि पीडित व्यवसायीले आफूलाई प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण