२०० करोड क्लबमा दृश्यम–२
सोमबार, २६ मङ्सिर २०७९, ०८ : ३८
दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्र अजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ ।
चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ र २०१७ मा ’गोलमाल अगेन’ले २०० करोडभन्दा बढी कमाएको थियो। करिब ६० करोडको बजेटमा बनेको यो फिल्म अजय देवगनको करियरको दोस्रो ठुलो ब्लकबस्टर बन्ने बाटोमा छ ।
फिल्मको पछिल्लो जानकारी शेयर गर्दै ट्रेड एनालिस्ट तरण आदर्शले लेखेका छन्, ‘दृश्यम २ २०० करोड क्लबमा सामेल भएको छ । दोहोरो शतक प्रहार गर्ने अजय देवगनको तेस्रो फिल्म हो ।' दृश्यम २ ले रिलिजको २३ औं दिनमा २०० करोडको आँकडा पार गरेको छ । विशेष कुरा के छ भने यो फिल्म कुनै पनि बिदामा रिलिज भएको छैन । नयाँ फिल्म रिलिज भए पनि दृश्यम २ को कमाईमा खासै फरक परेको छैन ।
यसअघि २०२० मा फिल्म ताना जी द अनसंग वारियरले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५.६९ करोड कलेक्सन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
-
बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
-
अमेरिकी आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च : अधिकार समूह
-
गृहमन्त्रीको अम्लेटमा काँडा : सर्वसाधारणको स्वास्थ्य झन् कति जोखिममा ?
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण