डोल्पामा एमाले–माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते
हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् । घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् । यस्तै माओवादी समर्थित पालिकाको थापा गाउँका ५९ बर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन् । यस्तै ५४ वर्षका गोरसिह, १६ वर्षीया पबिन्द्र बोहोरा र २१ वर्षका जगत बोहोरा घाइते भएका छन् ।
प्रहरी चौकी माझगाउँलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती थापागाउँस्थित वडा कार्यालय नजिकका झडप भएको थियो । उनीहरूले मादक पदार्थ सेवन गरेका थिए भने सामान्य वादविवाद भई झै–झगडा हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
-
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण