सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लोपटक अर्जेन्टिना र क्रोएसिया विश्वकपमा भेट्दा के भएको थियो ?

मङ्गलबार, २७ मङ्सिर २०७९, १२ : १५
मङ्गलबार, २७ मङ्सिर २०७९

कतारमा जारी विश्वकपको फाइनलमा स्थान बनाउनका लागि आज अर्जेन्टिना र क्रोएसिया आमानेसामने हुँदैछन् । यसअघि गत विश्वकपको समूह चरणमा दुई टोली भिडेका थिए । त्यतिबेला विश्वकपको फाइनलसम्म पुगेको क्रोएसियासँग अर्जेन्टिना ३–० गोलले पराजित भएको थियो ।

अर्जेन्टिनाका गोलकपिर विली काबालेरोले गल्ती गर्दा क्रोएसिया जीत हासिल गर्दै अन्तिम १६ मा पुगेको थियो भने अर्जेन्टिना समूह चरणबाट नै बाहिरिने निकट पुगेको थियो । टोलीका लागि कप्तान लियोनेल मेस्सीले योगदान दिने अपेक्षा गरिरहँदा गोलकिपर काबालेरोले टोलीको भाग्य तय गरेका थिए ।

उनले एन्टे रेबिकलाई चिप गर्ने प्रयास गर्दा रेबिकले उल्टै भलीमार्फत गोल गर्दै खेलको ५३ औँ मिनेटमा क्रोएसियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अदृश्य झैँ बनेका मेस्सीले दोस्रो हाफमा टोलीलाई फर्काउने प्रयास गरे पनि असफल रहे ।

खेलको ८० औँ मिनेटमा लुका मोड्रिचले अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा इभान राकिटिचले गोल गर्दै क्रोएसियाको जीत सुनिश्चित गरेका थिए । खेलमा मोड्रिच म्यान अफ द म्यान घोषित भएका थिए । विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी टोलीविरुद्ध पहिलो जीत थियो । दक्षिण अमेरिकी टोलीसँग खेलिएका पछिल्ला ४ खेलमा क्रोएसिया पराजित भएको थियो । सो पराजय सन् १९५८ पछि समूह चरणमा अर्जेन्टिनाको सबैभन्दा ठुलो पराजय थियो ।

पराजयपछि झण्डै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको अर्जेन्टिना अन्ततः समूह डीबाट दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो । तर, त्यहाँबाट टोली अघि बढ्न सकेन । क्रोएसिया भने फाइनलसम्म पुग्दै फ्रान्ससँग पराजित भएर उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप