लगानी सम्मेलनको दुई दिन नै नेप्से सूचकमा वृद्धि, ५ अर्ब ६४ करोडको कारोबार
काठमाडौँ । लगानी सम्मेलनको दुई दिन आइतबार र सोमबार नै नेप्से सूचक वृद्धि भएको छ । तेस्रो लगानी सम्मेलनको पहिलो दिन आइतबार १४.३३ अंकमाथिले नेप्से बढ्दै १९८०.२७ विन्दुमा उक्लिएकोमा सोमबार झिनो अंक (०.०७ अंक) ले बढ्दै १९८०.३४ अंकमा उक्लिएको हो ।
उसो त सोमबार अघिल्लो दिनको भन्दा २७ करोड ६८ लाख ७२ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको हो ।
अघिल्लो दिन १४.३३ अंकले नेप्से बढेको बजारमा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको थियो ।
सोमबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स र म्युचुअल फण्ड समुहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ४.१७ प्रतिशतले बढ्दा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १.६६ प्रतिशतले र बैंकिङ र म्युचुअल फण्डको उपसूचक क्रमशः ०.२९ प्रतिशतले र ०.३८ प्रतिशतले बढेका छन् ।
यता सोमबार सबैभन्दा बढी कमाउनेमा पोखरा फाइनान्स कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने पिपुल्स पावर कम्पनीका लगानीकर्ताहरुले ६ प्रतिशतले गुमाउन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण