पुरुषको निप्पल्सको के काम ?
पुरुषको शरीरमा निप्पल्स हुनुको कुनै अर्थ छ त ? यसको शरीरमा उपयोग के हो ? वास्तवमा निप्पल्सको विकास आमाको गर्भबाट नै सुरु हुन्छ । यसबारे जानकारी पाउन विज्ञको कुरा सुनौँ ।
न्युयोर्क सिटीमा रहेको अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीको पोलियोएन्थ्रोपोलोजिस्ट इयान टेटरसेलले गर्भमा छोरा वा छोरीको भ्रुणको सुरुमा एउटै जेनेटिक ब्लुप्रिन्ट हुने बताएका छन् । त्यसैले छोरा बच्चाको निप्पल्स आमाको गर्भभित्रबाट बन्न सुरु हुन्छ ।
पुरुषमा निप्पल एक वेस्टिजियल अंग हो । अर्थात् यसको कुनै प्रयोग हुँदैन । गर्भधारणको ६ देखि सात हप्तापछि वाई क्रोमोजोमका कारण पुरुषको शरीर बन्न सुरु हुन्छ । सबैभन्दा पहिलो टेस्टेसको विकास हुन्छ । यो अंगले वीय जम्मा गर्ने काम गर्छ ।
साथै, टेस्टोस्टेरोन हर्मोन पैदा गर्छ जुन पुरुषको हर्मोन मानिन्छ । यो हर्मोन भ्रुणको विकासका बेला ९ हप्तादेखि निस्कन सुरु हुन्छ । यसले यौनाङ्गसँग सम्बन्धित जेनेटिक परिवर्तन गर्न सुरु गर्छ । दिमाग पनि त्यसै प्रकारले विकासित हुन सुरु हुन्छ ।
Men can't nurse babies, so why on Earth do they have nipples?https://t.co/ayo5Tyrw61
— Live Science (@LiveScience) December 12, 2022
इयान टेटरसेलले भनेका छन्, 'पुरुषलाई यो अंगको आवश्यकता पर्दैन । विकासक्रमको हिसाबले पनि यसको कुनै महत्व छैन । यो एउटा यस्तो अंग हो, जुन अंग नहुने हो भने पनि शरीरमा कुनै नकारात्मक असर पर्दैन ।'
इयान थप्छन्, ‘कतिपटक इभोलुशनको समयमा विकसित अंगको यतिबेला खासै कुनै काम हुँदैन । तर ती शरीरमा हुन्छन् । निप्पल्स मात्रै होइन, मानिसको शरीरमा यस्ता थुप्रै अंग हुन्छन् जसको कुनै उपयोग छैन । यदि यी भएनन् भने पनि फरक पर्दैन जस्तै एपेन्डिक्स, पुरुषको स्तन तन्तु (मेल ब्रेस्ट टिस्यू), बुद्धि बंगारा र मेरुदण्डको हड्डीको अन्तिम बिन्दु अर्थात् ह्युमन टेलबोन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण