बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषको निप्पल्सको के काम ?

बिहीबार, २९ मङ्सिर २०७९, १४ : १४
बिहीबार, २९ मङ्सिर २०७९

पुरुषको शरीरमा निप्पल्स हुनुको कुनै अर्थ छ त ? यसको शरीरमा उपयोग के हो ? वास्तवमा निप्पल्सको विकास आमाको गर्भबाट नै सुरु हुन्छ । यसबारे जानकारी पाउन विज्ञको कुरा सुनौँ  । 

न्युयोर्क सिटीमा रहेको अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीको पोलियोएन्थ्रोपोलोजिस्ट इयान टेटरसेलले गर्भमा छोरा वा छोरीको भ्रुणको सुरुमा एउटै जेनेटिक ब्लुप्रिन्ट हुने बताएका छन् । त्यसैले छोरा बच्चाको निप्पल्स आमाको गर्भभित्रबाट बन्न सुरु हुन्छ । 

पुरुषमा निप्पल एक वेस्टिजियल अंग हो । अर्थात् यसको कुनै प्रयोग हुँदैन । गर्भधारणको ६ देखि सात हप्तापछि वाई क्रोमोजोमका कारण पुरुषको शरीर बन्न सुरु हुन्छ । सबैभन्दा पहिलो टेस्टेसको विकास हुन्छ । यो अंगले वीय जम्मा गर्ने काम गर्छ ।

साथै, टेस्टोस्टेरोन हर्मोन पैदा गर्छ जुन पुरुषको हर्मोन मानिन्छ । यो हर्मोन भ्रुणको विकासका बेला ९ हप्तादेखि निस्कन सुरु हुन्छ । यसले यौनाङ्गसँग सम्बन्धित जेनेटिक परिवर्तन गर्न सुरु गर्छ । दिमाग पनि त्यसै प्रकारले विकासित हुन सुरु हुन्छ ।

इयान टेटरसेलले भनेका छन्,  'पुरुषलाई यो अंगको आवश्यकता पर्दैन । विकासक्रमको हिसाबले पनि यसको कुनै महत्व छैन । यो एउटा यस्तो अंग हो, जुन अंग नहुने हो भने पनि शरीरमा कुनै नकारात्मक असर पर्दैन ।'

इयान थप्छन्, ‘कतिपटक इभोलुशनको समयमा विकसित अंगको यतिबेला खासै कुनै काम हुँदैन । तर ती शरीरमा हुन्छन् । निप्पल्स मात्रै होइन, मानिसको शरीरमा यस्ता थुप्रै अंग हुन्छन् जसको कुनै उपयोग छैन । यदि यी भएनन् भने पनि फरक पर्दैन जस्तै एपेन्डिक्स, पुरुषको स्तन तन्तु (मेल ब्रेस्ट टिस्यू), बुद्धि बंगारा र मेरुदण्डको हड्डीको अन्तिम बिन्दु अर्थात् ह्युमन टेलबोन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप