बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

‘म जिउँदो छु, मलाई मेरो छोराले मारेको छैन,’ नायिकाले बताइन् वास्तविकता, तर मृत्यु कसको भयो ?

बिहीबार, २९ मङ्सिर २०७९, १४ : ५९
बिहीबार, २९ मङ्सिर २०७९

केही दिन अघि भारतीय अभिनेत्री बिना कपुरको हत्या भएको खबर सार्वजनिक भएको थियो । विना कपुरको हत्या उनका छोराले गरेका थिए भन्ने चर्चा व्यापक भयो । यो घटना निकै विचलित पार्ने किसिमको थियो । तर यो केसमा अब नयाँ मोड आएको छ । यो घटनामा जुन नायिकाको तस्बिर भाइरल भएको थियो, उनी जिउँदो छिन् । जिउँदो बिना कपुरलाई मानिसहरुले मरेको ठानेर श्रद्धाञ्जलि दिइरहेका छन् ।

बिना​ कपुरबारे अलमल

केही दिन अघि मुम्बईको जुहु इलाकामा बस्ने बिना कपुरको हत्या भएको घटना साँचो हो । तर बिना कपुरको नाममा जिउँदो बिना कपुरको तस्बिर राखियो । यसैकारण बिना कपुरले धेरै नै समस्याको सामना गर्नुपर्यो । नायिकाका छोरालाई धेरैले गाली गरे ।

गलत खबरका कारण समस्या भोगेपछि नायिकाले बिना कपुरले दिंडोशी प्रहरी थानामा उजुरी दर्ता गराएकी छिन् । नायिकाले खबरको वास्तविकता बताउँदै भनिन्, ‘जसको मेसेज र फोन आइरहेको छ, उहाँहरुलाई म अपिल गर्छु कि म जिउँदो छु । जुन बिना कपुरको हत्या भएको छ, उनी पनि नायिका थिइन् । हामी दुबैले पञ्जाबी सिरियलमा सँगै काम गरेका छौँ । बिना कपुरको मृत्यु भएको खबर साँचो हो । तर म त्यो बिना कपुर होइन । म अर्कै हुँ । नाम एउटै परेको हो । म गोरे गाउँमा बस्छु । म पनि आफ्नो छोरासँग बस्छु । त्यसैले मानिसहरुले म मरेको सोचे ।’

नायिकाका छोरा बिरामी ?

बिना कपुरका छोरा अभिषेक चड्डाले भने, ‘यो खबर सुनेपछि म अवाक् भएँ । म बिरामीसमेत भएँ । मैले आफ्नी आमालाई मारेको छैन । मेरी आमा जिउँदै हुनुहुन्छ ।’

उनले थपे, ‘म प्रहरीको तारिफ गन चाहन्छु र उहाँहरुले डिटेलमा हाम्रो उजुरी दर्ता गरे । ’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Nilu Kohli (@nilukohli)

मृत्यु भएको बिना कपुर को थिइन् ?

मृत्यु भएकी बिना कपुर पनि एक पञ्जाबी नायिका थिइन् । बिना कपुर जुहुमा आफ्नो छोरासँग ठूलो बंगलामा बस्थिन् । सम्पत्ति विवादका कारण बिना कपुरका छोरा सचिनले उनको निर्ममतापूर्वक हत्या गरेको बताइन्छ । यस्तै, बिना कपुरका अर्का छोरा विदेशमा बस्छन् । अर्का छोरले आमाको हालखबर सोध्नका लागि उनलाई फोन गर्दा कसैले फोन नउठाएपछि उनलाई शंका भयो । त्यसैले उनले घरको रेखदेख गर्नेलाई के भएको हो भनेर बुझिदिन आग्रह गरे । त्यसपछि नै उनको हत्याबारे सार्वजनिक भएको हो । नायिकाको मृत्युको विषयमा निलु कोहलीले एक इन्स्टाग्राम पोस्ट पनि सेयर गरिकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप