संसदीय दलको नेतामा शेखर कोइराला पनि भीड्ने
शुक्रबार, ०१ पुस २०७९, ०६ : ४८
नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् ।
कांग्रेसको एउटा टिमबाट संसदीय
दलको नेतामा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले बताए । लिम्बूले भने, अहिले जनतामा परिवर्तनको हुटहुटी जागेको छ, त्यो परिवर्तनको प्रतिनिधित्व डा. कोइरालाले गर्नुहुन्छ । चुनावको पुरै परिणाम नआउँदासम्म उहाँले नबोल्नु ठिकै हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
-
'भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण