माधव नारायणका मेयर बैजनाथ यादवविरुद्ध अख्तियारमा उजुरी
रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजु यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडामा उजुरी परेको छ।
मेयर यादवसहित जिम्मेवार कर्मचारीहरूको संलग्नतामा करोडौं रूपैयाँको चलखेल भएको भन्दै नेकपा (माओवादी केन्द्र)का माधव नारायण नगर कमिटी अध्यक्ष देव नारायण भगतले छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएका हुन् । मेयर यादवले मनपरी बिल पेस गर्ने, हरेक काम कारबाहीमा भ्रष्टाचार, अपार्दशी , मनमौजी किसिमले आर्थिक चलखेल गरेको देखिन आएकोले छानबिनको लागि उजुरी दिएको अध्यक्ष भगतले बताएका छन ।
माधव नारायण नगरपालिकाको आम सचेत नागरिक, संचारकर्मी, प्रशासनिक निकायको संयुक्त पहलमा मेयर र कर्मचारीले आपराधिक मानसिकतामा बिल बजेटको फाइल लुकाएर चोरी भएको आरोप लागेको अवस्थामा गत १ गते इलाका प्रहरी कार्यालय गरूडाबाट खटेर आएको प्रहरी टोलीले नगर कार्यपालिकाको कार्यालयबाट उक्त फाइल बरामद गरेको थियो ।
यसअघि लेखाको केही श्रेस्ता र महत्त्वपूर्ण कागजात लुकाएको आरोपमा माधव नारायण नगरपालिकाका केही करार सेवाका कार्यालय सहयोगी इलाका प्रहरी कार्यालय गरोडाको तारेखमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण