आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत

बिहीबार, ०७ पुस २०७९, ०९ : १७
बिहीबार, ०७ पुस २०७९

खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडासहितका सामग्री खोटाङ पठाएको हो । 

मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका थिए । 

जस अनुसार प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो । बक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नष्ट हुँदा ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप