शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘स्वर्गमा भगवान हेर्न’ साढे १ लाख रूपैयाँ शुल्क

बिहीबार, ०७ पुस २०७९, १६ : २०
बिहीबार, ०७ पुस २०७९

दक्षिण अफ्रिकाका पास्टरले स्वर्गमा परमेश्वर हेर्नका लागि मानिसहरुबाट मोटो रकम असुल्ने गरेको खुलासा भएको छ ।

आफ्नो जीवन अन्त्य नगरी नै आफ्नो सृष्टिकर्ता हेर्न चाहनुहुन्छ भने अफ्रिकाका पास्टर एमएस बुडेलीले तपाईंलाई सहयोग गर्ने दाबी गर्छन्, तर यसका लागि तपाईंले शुल्क भने तिर्नुपर्छ । सोसल मिडियामा भाइरल भइरहेको उनको विज्ञापनको पोस्टर अनुसार एमएस बुडेलीसँग मानिसहरुलाई स्मार्टफोनमा भविष्य देखाउने शक्ति छ, आर्थिक ऋणबाट मुक्त गर्ने पनि सामर्थ्य उनीमा छ । यसका लागि तपाईंले के गर्नु पर्छ भने उनको ‘वर्सिप कन्फरेन्स’ मा भाग लिने र विशेष प्रार्थनाका लागि शुल्क तिर्ने ।

अडिटी सेन्ट्रलका अनुसार आउँदो डिसेम्बर २५ मा पास्टर एमएस बुडेलीले आफ्नो ‘वर्सिप कन्फरेन्स’ को आयोजना गर्दैछन् जहाँ मानिसहरुले उनको प्रार्थना सुन्न पाउनेछन् र साँच्चै नै विशेष प्रार्थनामा भागसमेत लिन पाउनेछन् । यहाँ एउटै समस्या के छ भने, विशेष प्रार्थना सस्तो भने छैनन् ।

उदाहरणका लागि ‘स्वर्गमा भगवान् हेर्न’ मानिसले २०,००० रान्ड (१,१६० डलर) अर्थात् साढे एक लाख रुपैयाँ तिनुपर्नेछ । यसका साथै, सबै ऋणबाट मुक्त हुन उनीहरुले ५,००० रान्ड्स (३८ हजार रुपैयाँ) दिनुपर्नेछ । यसका साथै भोलिपल्टै विवाह गर्नका लागि १०,००० रान्ड्स (५८० डलर) अर्थात् ७६ हजार रुपैयाँ तोकिएको छ । आफ्नो भविष्य स्मार्टफोनमा हेर्न २०,००० रान्ड्स (१,१६० डलर) अर्थात् १ लाख ५३ हजार रुपैयाँ दिनुपर्नेछ ।

यहाँ केही चकित पारिदिने खालका दाबीसमेत गरिएको छ । जुवा खेलमा जित्न चाहनेले स्वर्गमा भगवान हेर्न चाहनेभन्दा १५ गुणा बढी रकम तिर्नुपर्नेछ । एमएस बुडेलीले एभिएटर गेम जित्नका लागि ३,००,००० रान्ड्स (१७,४०० डलर) अर्थात् लगभग २३ लाख रुपैयाँ शुल्क तोकेका छन् । यो भगवान हेर्नुभन्दा १५ गुणा बढी मूल्य हो ।

‘यो बकवासमा सहभागी हुन जाने सबैलाई शुभकामना, ’ एमएस बुडेलीको वर्सिप कन्फरेन्सबारे जानकारी दिइएको तस्बिरमा एकजनाले कमेन्ट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप