शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

​टिकटकमा ‘ट्वर्क’ गरेको भिडियो राख्दा महिलाको जागिर चट्

शुक्रबार, ०८ पुस २०७९, १२ : ५३
शुक्रबार, ०८ पुस २०७९

एक महिलाले टिकटकमा ‘ट्वर्क’ गरेको भिडियो राखेपछि उनलाई जागिरबाट निकालिएको छ । यसविरुद्ध अदालतको ढोकासमेत ढक्ढकाएकी उनले मुद्दा हारेकी छिन् ।

स्पेनको क्यास्टिला वाई लियोन क्षेत्रको सुपेरियर ट्रिब्युनल अफ जस्टिसले ती महिलालाई जागिरबाट निष्कासन गर्ने एक सुपरमार्केटको निर्णयमा सहमति जनाएको थियो । सुपरमार्केटमा क्यासियरको रुपमा काम गर्ने ती महिलाले टिकटकमा थुप्रै भिडियो पोस्ट गरेकी थिइन् । त्यहि टिकटकमा पोस्ट गरिएका भिडियोलाई आधार मानेर उनलाई बर्खास्त गरिएको थियो ।

खासमा भएको के थियो भने, उनले ढाड दुख्यो भनेर आफ्नो कामबाट लामो बिदा मागेकी थिइन् । सुपरमार्केटले पनि तलबसहितकै बिदा दिएको थियो । तर यतिबेला उनले टिकटकमा ट्वर्क गरेको भिडियो हालिन् जुन ढाड दुखेका बेला सामान्यतया गर्न सकिँदैनथ्यो । अदालती काजगातमा ‘मिसेज पाइड्याड’ भनेर उल्लेख गरिएकी ती महिला सीमार्क एसी ग्रुप एसएमा कार्यरत थिइन् । उनी उक्त कम्पनीमा सन् २००६ देखि आबद्ध थिइन् तर २०२१ को जनवरीको अन्त्यतिर आफूलाई अत्यधिक ढाड दुखेको भन्दै लामो बिदामा बस्नुपरेको बताइन् । तर उनको टिकटक अकाउन्टले उनको भनाईलाई पुष्टि गरिरहेको थिएन ।

स्प्यानिस पत्रिका ला भान्गुआर्डियाका अनुसार सन् २०२१ को सेप्टेम्बर १४ मा मिसेस पाइड्याडलाई रोजगारदाताले उनको बर्खास्तीबारे आधिकारिक सुचना पठाए । उक्त सुचनामा एरिया म्यानेजरले उनको टिकटक अकाउन्ट देखेको र त्यसमा उनको कथित स्वास्थ्य अवस्थासँग मेल नखाने डान्स मुभ्सहरु गरिएको बताइएको छ ।

सीमार्क एसी ग्रुप एसए ह्युमन रिसोर्स डिपार्टमेन्टले उनको अकाउन्ट हेरेको र ट्वर्क गर्न सक्ने अवस्थाले उनको ढाडमा कुनै समस्या नभएको पुष्टि गर्ने बताएको छ ।

अडिटी सेन्ट्रलका अनुसार उनले अघिल्लो वर्ष अदालतमा सीमार्क एसी ग्रुप एसएद्वारा उनको बर्खास्तीबारे गरिएको निर्णयलाई चुनौती दिइन् तर उनले उक्त निर्णय उल्ट्याउन भने सफल भइनन् ।

न्यायाधिशले तल्लो ढाड दुख्यो भनेर साढे आठ महिनासम्म लिएको बिदामा उनले सामाजिक सञ्जाल टिकटकमा धेरै नाचिरहेको भिडियो अपलोड गरेको बताए । उनको भिडियोले उनले दाबी गरे झैँ उनको स्वास्थ्य अवस्था नरहेको पुष्टि गर्ने भन्दै न्यायाधिशले रोजगारदाताको पक्षमा फैसला सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप