अग्लो भएरै कुटाई खान्थे अमिताभ
टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन् । हालैमात्र उनले आफ्नो उचाईका बारेमा अनेक किस्सा सुनाए ।
उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन् । यो कुराको सुरुवात प्रतिष्पर्धी काशवी शर्माबाट भयो । फास्टेस्ट फिंगर फस्ट राउण्ड जितेर काशवीले हट सिटमा बस्ने मौका पाइन् । काशवीको कुरा गर्दै अमिताभले स्क्रिनमा उनको रिपोर्ट कार्ड देखाए । कार्ड हेर्नासाथ काशवीले आफूलाई आफ्नो कम उचाई मन नपरेको बताइन् ।
उचाईको कुरा गर्नासाथ अमिताभले आफ्नो स्कुलको दिन सम्झिाए । ‘मैले स्कुलमा उचाईकै कारण धेरै समस्या भोगें । हामीलाई स्कुलमा बक्सिङ सिक्न जरुरी थियो । तर अग्लो उचाईका कारण मलाई सिनियर समूहमा राखिदिए । म स्कुलमा धेरै कुटाई खान्थे, किनकी म अग्लो थिएँ ।’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
-
बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
-
अमेरिकी आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च : अधिकार समूह
-
गृहमन्त्रीको अम्लेटमा काँडा : सर्वसाधारणको स्वास्थ्य झन् कति जोखिममा ?
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण