शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्ता नमुना ताल बनाइने

शनिबार, ०९ पुस २०७९, १६ : ०५
शनिबार, ०९ पुस २०७९

सुस्ता गाउँपालिकाले ठुलो क्षेत्रफलमा सुस्ता नमुना ताल बनाउने भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आफ्नो नगर क्षेत्र भित्र ठुलो एरियामा सुस्ता नमुना ताल बनाउन ५० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका वडा ३ को मर्चहवाँ–नर्सही सँग जोडिएको डेढ सय बिगाहा जलाशयमा ठुलो सुस्ता नमुना ताल बनाई सिमसार क्षेत्रको संरक्षणमा पालिका प्रक्रिया अगाडी बढाएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिए । अध्यक्ष उपाध्यायले भने, ताल बनाउन पालिकाले लागत सहभागिताको रूपमा ५० लाख रुपैयाँ विनियोजन गरेको र यसको वृहत् गुरुयोजना बनाई लुम्बिनी प्रदेश सरकार सँग थप १० करोड रुपैयाँ समेत माग गरिएको जानकारी दिए ।

सुस्ता गाउँपालिका कुडिया मर्चहवा र नर्सही गाउँको बीचमा रहेको उक्त डेढ सय बिगाहाको जलाशयलाई नमुना तालको रूपमा व्यवस्थित र संरक्षण गर्नका लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम गरिएको र रकम आएपछि उक्त तालको ठेक्का आव्हान गरी निर्माण कार्य अगाडी बढाउने अध्यक्ष उपाध्यायले बताए ।

वर्षौँ देखी गण्डक नदीको छाडन भनेर चिन्ने गरिएको उक्त जलाशयमा गोही लगायतमा विभिन्न जलचरहरू रहेका छन् । पटेरले भरिएको छ । सो जलाशयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रूपमा परिणत गरिने छ । जहाँ पर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानीय रामु अर्यालले जानकारी गराए । विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि केही काम गरेको थियो । बीचमा बेवारिसे जस्तै भयो । अर्यालले भने,अहिले गाउँपालिका र प्रदेश सरकारले यसमा काम गर्न लागेको सुन्न पाइयो,धेरै खुसी लागेको छ ।

बेवारिसे सो जलाशय ताल र सिमसारको रूपमा विकास हुनेछ ,यो एउटा विश्व सम्पदामा जान सक्ने सम्भावना देखिएको छ । व्यवस्थापन पछि सिमसार सम्बन्धी रामसार महासन्धि अनुसार सूचीकृत हुने र विश्व सम्पदाको स्वरूप पाउनेमा उनले विश्वास व्यक्त गरे । सुस्ता गाउँपालिकालाई पर्यापर्यटन र जैविक विविधताको पहिचान गराउने छ । स्थानीयलाई आयआर्जनको माध्यम पनि हुनेमा उनले विश्वास व्यक्त गरे । स्थानीयवासीले धेरै वर्ष देखी यो जलाशयको संरक्षण गरी ताल बनाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए । तर हुन सकेको थिएन । अहिले स्थानीय सरकारको रूपमा रहेको सुस्ता गाउँपालिकाले निर्णय गरी अग्रसरता लिएको छ । यसमा स्थानीयवासीको भरपुर सहयोग हुने अर्यालको भनाई थियो ।

स्थानीयवासीको माग अनुसार नै सो जलाशयलाई सीमासार र सुस्ता नमुना तालको रूपमा चिनाउनका लागि बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । गाउँपालिकाले आफ्नो स्रोतबाट ५० लाख रुपियाँ यो चालु आर्थिक वर्ष २०७९÷०८० मा नीति कार्यक्रमसँगै बजेट समेत विनियोजन गरेको छ । सो रकमले पर्याप्त नदेखिए पछि लागत सहभागिताका रूपमा सो रकम राखेर प्रदेश सरकारसँग थप १० करोड रुपियाँ प्रस्ताव गरिएको छ । सो रकम पर्ने सम्भावना छ । एकीकृत रूपमा जलाशयको पहिलो चरणमा सीमाङ्कन गरिने छ । तत्पश्चात् यसलाई गुरुयोजना बनाई काम थाल्ने उनको भनाई थियो ।

गण्डक नदीले विगत वर्षमा आफ्नो धार परिवर्तन गरी पश्चिम तर्फ फर्केको थियो । पछि गण्डक बाँध बाँधेर नदीको धार पूर्व तर्फ फर्काइयो । त्यही बेलादेखि सो क्षेत्र जलाशयको रूपमा रहेको छ । स्थानीय स्तरमा त्यसलाई छाडन भनेर चिन्ने गरिएको छ । त्यसमा जलचारहरुको बास बनेको छ । सो जलाशयमा साईबेरियन लगायत विदेशी चराहरू समेत आउने गरेका छन् ।

करिब १० देखी १५ मिटर गहिराई भएको अनुमान गरिएको छ । प्राकृतिक रूपमा रहेको उक्त जलाशय आयआर्जनको स्रोत पनि बन्ने र सिमसारको रूपमा रहने गरी पर्यटन गराउने गरी सजाउने योजना रहेको गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप