शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अजिंगरले आफ्नै मालिकलाई आक्रमण गरेपछि... (भिडियो)

सोमबार, ११ पुस २०७९, १५ : १८
सोमबार, ११ पुस २०७९

सर्पबाट टाढै बस्नु राम्रो भनेर धेरैले भन्ने गर्छन् । तर समय फेरिएको छ । मानिसहरु सर्पलाई पनि घर पालुवा बनाएर राख्न थालेका छन् । उनीहरुले सर्पलाई बच्चालाई झैँ पाल्छन् । तर एउटा भनाई नै छ – सर्पलाई पालिरहेको थियो ।

सोसल मिडियामा एउटा भिडियो धेरै पटक हेरिएको छ । यो हेरेपछि मानिसहरुले भनिरहेका छन् कि आखिर सर्पलाई पाल्न नै किन पर्यो ? वास्तवमा, भाइरल भिडियोमा एक महिलाले निकै प्रेमपूर्वक बोलाउँदै अजिंगरलाई पिँजडाबाट निकाल्छिन् । तर अजिंगरले मौका देख्ने बित्तिकै महिलाको हातमा यति नराम्रोसँग टोकिदियो भुइँभरी रगत छरियो । यतिमात्रै होइन, अजिंगरको पकडबाट महिलाको हात छुटाउनका लागि पनि हम्मेहम्मे भयो ।

यो १.४८ मिनेटको भिडियोमा देख्न सकिन्छ कि एक महिलाले अजिंगरलाई पिँजडा खोल्दै ‘हाय बेबी गर्ल’ भनेर बाहिर निकाल्छिन् । तर यति नै बेला अजिंगर उनीतर्फ बढ्न थाल्यो र महिलाको हातमा टोक्दै बेस्सरी जकड्न थाल्यो ।

यो भिडियो डेली लाउड नामको ट्विटर ह्यान्डलबाट २४ अक्टोबरमा सेयर गरिएको थियो ।

हेर्नुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप