शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमपातले अमेरिकामा मच्चायो विनाश, गभर्नर भन्छन्, ‘युद्धजस्तो स्थिति छ’

मङ्गलबार, १२ पुस २०७९, १४ : ३२
मङ्गलबार, १२ पुस २०७९

हिमपातले उत्तरी अमेरिकामा ठूलो क्षति पु¥याएको छ । आँधीका कारण हालसम्म कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ ।

यस आँधीको प्रभाव दक्षिण टेक्सास प्रान्तदेखि क्यानडासम्म देखिएको छ ।

तर सबैभन्दा ठूलो असर न्युयोर्क राज्यको बफेलो सहरमा परेको छ, जहाँ यसका कारण धेरै मानिसको मृत्यु भएको छ ।

केही व्यक्ति ४८ घण्टाभन्दा बढी समयदेखि सवारी साधनमा फसेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यसैबीच न्युयोर्क प्रान्तका धेरै क्षेत्रमा नौ इन्चसम्म हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस प्राकृतिक प्रकोपलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले न्युयोर्कमा सङ्घीय सहायता प्राप्त गर्नका लागि आपतकाल घोषणा गर्न स्वीकृत गरेका छन् ।

एरी काउन्टी अफिसर मार्क पोलोनकार्जले भने, ‘हामी सुरुङको अन्त्यमा प्रकाश देख्न सक्छौँ । तर यो अझै अन्त्य होइन । यो थुप्रै पीढिमा एकपटक आउने आँधी हो ।’

पोलोनकार्जले स्थानीय स्वास्थ्य विभागलाई उद्धृत गर्दै हिउँ खन्दा धेरैको मुटुमा देखिएको समस्याका कारण मृत्यु भएको र केही सवारीसाधन भित्रै मृत फेला परेको बताए ।

न्युयोर्कका गभर्नर क्याथी होचुलले भनिन्, ‘यो युद्ध क्षेत्रमा जानु जस्तै हो र सडकको छेउमा पार्किङ गरिएका गाडीहरूको अवस्था हृदयविदारक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप