शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गाडीमा यात्रा गरिरहेका बेला श्रीमतीलाई बिर्सिए, छोडेर १६० मी पर पुगे ; श्रीमती भने...

बिहीबार, १४ पुस २०७९, १२ : ४८
बिहीबार, १४ पुस २०७९

थाइल्याण्डबाट एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक व्यक्तिले सडक यात्राको क्रममा आफ्नी श्रीमतीलाई बिर्सिएर बाटोमा नै छोडिदिए । त्यसपछि श्रीमती २० किलोमिटर पैदल हिँडेर पुलिस थाना पुगिन् । यो घटना क्रिसमसको दिन अर्थात् आइतबारको हो ।

पिसाब फेर्न रोकिएका थिए, श्रीमतीलाई त्यहीँ छोडे

५५ वर्षीय बुन्टम च्यामुन र ४९ वर्षीय अमानु चेमुन आइतबार महा सराखाम प्रान्तमा बिदा मनाउन घर जाँदै थिए । दुबै जना गाडीमा थिए । बिहान करिब ३ बजे, बुन्टमलाई शौचालय जान मन लाग्यो ।

नजिकै सार्वजनिक शौचालय नभएकाले बुन्टमले कार सडकको छेउमा पार्क गरे । यस क्रममा अमानु पिसाब फेर्नका लागि जंगलमा गए । बुन्टमले आफ्नी श्रीमतीलाई कारबाट बाहिर निस्केको देखेनन् । फर्केर आउँदा उनलाई श्रीमती छन् कि छैनन् भन्ने वास्ता पनि थिएन ।

श्रीमतीसँग न फोन थियो न पैसा

जब अमानु फर्किइन्, उनले कार देखिनन्, न श्रीमान् नै । उनलाई लाग्यो – बुन्टम उनीबिना नै गइसके । अमनुएले आफ्नो फोन र ब्याग पनि कारमा नै छोडेकी थिइन् । अँध्यारो र सुनसान सडक भएका कारण उनी पैदल यात्रा गरेरै घरतिर लागिन् ।

२० किलोमिटर पैदल हिँडेपछि पुलिस थाना पुगिन्

बिहान करिब ५ बजे १९.१ किलोमिटर यात्रा गरेपछि उनी स्थानीय प्रहरी चौकी पुगिन् । त्यहाँ उनले आफ्ना श्रीमानलाई फोन गर्ने कोसिस गरे । उनलाई आफ्ना श्रीमानको फोन नम्बर याद थिएन त्यसैले उनले आफ्नो फोनमा २० पटक फोन गरिन् तर उनको फोन उठेन ।

प्रहरीको मद्दतले करिब ८ बजे अमनुएले आफ्ना श्रीमानसँग सम्पर्क गरिन् । यतिबेलासम्म बुनटमलाई कारमा श्रीमती छैनन् भन्ने थाहै थिएन । उनी १६० किलोमिटर पर पुगिसकेका थिए । उनलाई अमनुए कारको पछाडिको सिटमा सुतिरहेकी छिन् जस्तो लागेको थियो ।

श्रीमतीलाई लिन फर्किए श्रीमान्

बुनटमलाई श्रीमतीबारे थाहा हुने बित्तिकै उनी उनलाई लिन प्रहरी स्टेशन पुगे । उनले आफ्नी श्रीमतीसँग माफी मागे । यत्रो घटना हुँदासम्म अमनुएले आफ्ना श्रीमानसँग झगडा भने गरिनन् । अमुनएका अनुसार उनको विवाह भएको २७ वर्ष बितिसकेको छ र उनको २६ वर्षका एक छोरा पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप