अनुहारमा दुलैदुलो बनाएर विश्व किर्तिमान (भिडियो)
मङ्गलबार, २६ असोज २०७२, १६ : ०७
(एजेन्सी) २२ वर्षीय जोयल मिग्लरले अनुहारमा सुरुङ बनाउने लत छ । उनले बडी पियर्सिङलाई नयाँ उचाईंमा लाँदै अनुहारमा मात्र ११ वटा दुलो बनाएका छन् जसमा एक्सपान्डर लगाउँदै सुरुङको आकार दिएका छन् । गालमा रहेका उनको दुईवटा दुलोको आकार त झन् ३४ मिलिमिटर ठूलो छ । अझ त्यसलाई ४० मिलिमिटरसम्म बनाउने उनको धोको छ । जमर्नीमा जन्मिएका मिग्लरले अहिले अनुहारमा सबैभन्दा बढी दुलो बनाउने किर्तिमान नै राखेका छन् । आफ्नो शरीरको स्वरुप परिवर्तन गर्ने कुराको सुरुवात उनले १३ वर्षको सानो उमेरदेखि नै गरेका थिए । उनले सबैभन्दा पहिलो आफ्नो कान छेँडेका थिए । त्यसपछि यो लत नै बन्दै गयो । म आफ्नो शरीर छेडेकोमा खुसी नै हुन्थे तर पनि मलाई सँधै नयाँ ठाउँमा फेरि त्यस्तै गर्न मन लाग्थ्यो ।
https://www.youtube.com/watch?v=swwY3822qAE अनुहारमा दुलो बनाउनुबाहेक उनको शरीरभरी २७ वटा पियर्सिङ रहेको छ भने ६ वटा ट्याटु र एक इम्प्लान्ट रहेको छ । उनी आफ्नो गालाबाट पनि ललिपप खान सक्छन् । मिग्लर शरीर दुलो पार्नु पीडादायक भएको स्वीकार गर्छन् तर एक हप्तामा यो दुःखाई कम हुने र फेरि अर्को ठाउँ छेँड्न आफूलाई मन लाग्ने उनी बताउँछन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा ३ जनाको नाम सिफारिस
-
लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ
-
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता
-
वित्तीय सङ्घीयताको ९ वर्ष : सङ्घको मुट्ठी कसिँदै, प्रदेशको बजेट खुम्चिँदै
-
फिल्म ‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने
-
वित्तीय सङ्घीयताको कडी : अधिकारको लडाइँ, क्षमताको खडेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण