भारतीय उद्यमी कुनाल शाह भए व्हाट्सएप प्रमुख
बुधबार, १० असार २०८३, १० : २०
सारांश
- मेटाले भारतीय उद्यमी कुनाल शाहलाई व्हाट्सएपको प्रमुख नियुक्त गरेको छ ।
- यो नियुक्तिसँगै शाह व्हाट्सएपको नेतृत्व गर्ने पहिलो भारतीय बनेका छन् ।
- कम्पनीका प्रमुख मार्क जुकरवर्गले शाहको निर्माणमुखी सोच र वैश्विक दृष्टिकोणको प्रशंसा गरेका छन् ।
नयाँ दिल्ली । भारतीय फिनटेक कम्पनी क्रेडका संस्थापक कुनाल शाहलाई मेटाले विश्वकै लोकप्रिय सन्देश सेवा प्रदायक साइट व्हाट्सएप को प्रमुख नियुक्त गरेको छ । यो नियुक्तिसँगै शाह व्हाट्सएपको नेतृत्व गर्ने पहिलो भारतीय बनेका छन् ।
मुम्बईमा हुर्किएका शाहले सन् २०१० मा फ्रीचार्ज स्थापना गरेर भारतीय स्टार्टअप क्षेत्रमा पहिचान बनाएका थिए । पछि उनले सन् २०१८ मा क्रेड स्थापना गरेका थिए, जुन हाल भारतको प्रमुख फिनटेक कम्पनीमध्ये एक मानिन्छ ।
व्हाट्सएपले सन्देश सेवासँगै भुक्तानी, व्यावसायिक सेवा र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित उत्पादनहरू विस्तार गरिरहेको बेला शाहको नियुक्ति भएको हो । कम्पनीका प्रमुख मार्क जुकरवर्गले शाहको ‘निर्माणमुखी सोच’ र ‘वैश्विक दृष्टिकोण’को प्रशंसा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण