४८ बेसहारा बालबालिकाको जीवन बनाउँदै गुरुङ
जाजरकोट– २० वर्षअघि भारतको मुम्बईमा काम खोज्दै जाँदा सुर्खेत खजुराका मोहनदास सलोमन गुरुङ्गले नेपालबाट बालबालिका, यूवतीलाई कोठीमा राखेर नारकीय जीवन बिताउन बाध्य बनाएको वास्तविक तस्वीर देखे । नेपालबाट मानिसलाई जालसाजीमा पारेर मुम्बइको कठीन जीवन जीउन वाध्य पार्ने कारण असह्य गरिवी भएको थाहा पाएपछि गुरुङ्गले मुम्बईमा केही रकम जम्मा गरी सुर्खेतमा आएर असहाय बालबालिकाको संरक्षणमा जुट्ने अभियान थाली २०५४ सालमा एक परोपकारी बालसंरक्षण केन्द्र खोले । अहिले सो केन्द्रमा ४८ बालबालिकालाई पढाउने, लेखाउने, पालनपोषणदेखि सबै कुरा व्यहोर्दै आएका छन् ।
उनले नवजीवन बालसंरक्षण केन्द्र नामक संस्था व्यक्तिगतरुपमा खोलेर अहिले त्यसमा ४८ बालबालिकालाई राखेर दैनिक उनीहरुका आवश्यकता पूरा गर्ने आमा र बाबाको सहारा दिएका छन् ।
यस बालकेन्द्रमा सुर्खेत, हुम्ला, बाजुरा, काभ्रे, दाङ्ग, कैलाली, डोल्पालगायतका जिल्लाका अभिभावक गुमाएका, आमा बाबा पत्ता नलागेका, दलित, अपाङ्ग, असक्त र आर्थिक समस्याले पढ्न नसकेका बालबालिका बसेर पढिरहेका छन् ।
कक्षा एकदेखि १२ सम्म पढ्ने केन्द्रका बालबालिकालाई अध्यक्ष मोहनदास सलोमन गुरुङ्गले सहयोग गर्दै आएका छन् ।
मासिक खर्च रु एक लाखभन्दा बढी हुने मोहनदासको भनाइ छ । अहिलेसम्म आफ्नो संस्थालाई समाज कल्याण परिषद्ले रु ५० हजार र गाविसले रु १५ हजार मात्र सहयोग गरेको उनको भनाइ छ । यस संस्थाका सदस्यले प्रत्येक महिना अन्न तथा रकम जुटाएर दिने र नपुगेको आपूmले हालेर विद्यार्थीका लागि खर्च जुटाउने गरेका छन् ।
अड्चालिस बालबालिका मध्ये २२ निजी विद्यालयमा पढिरहेका छन् । बाँकी सरकारी विद्यालयमा पढाइरहेको उनको भनाइ छ ।
मोहनदासले आफ्नो व्यक्तिगत घरमा ४८ बालबालिकालाई राखेर दैनिक स्याहार सुसार गरिरहेका छन् । प्रत्येक वर्ष बालबालिका थपिने क्रम बढेकोले बस्ने ठाउँको समस्या हुँदै आएको छ ।
मोहनदाससहित अन्य तीनजना कर्मचारी राखेर बालबालिकाको पढाई र अन्य कार्यको निगरानी हुने गरेको छ ।
यहाँ बसेर पढ्ने सबै बालबालिका मोहनदासलाई आमाबाबाको माया दिएर आफ्नो भविष्य बनाउने कार्यमा लागेको भन्दै निकै खुसी छन् । त्यहाँ पुगेर के कस्तो छ, पढाई कस्तो चल्दैछ भनेर सोध्ने मानिसलाई त्यहाँ पढ्ने बालबालिका एकै स्वरमा हाम्रो लागि यत्ति हुनु भनेको स्वर्गजस्तै हो भनेर जवाफ दिने गरेका छन् ।
श्रीकृष्ण सांस्कृतिक उच्च मावि ईत्राममा कक्षा सातमा पढ्ने अभिभावक नभएका र पाँच वर्षको उमेरमा गुटुमा भेटिएका गोविन्द बिक भन्छन् “हामीले नयाँ जीवन पाएका छौं । त्यहाँबाट मोहनदास बाबाले ल्याएर पढाई अभिभावकको सहारा दिएर अहिले कक्षा सातमा पढिरहेको छु” ।
मोहनदासले आफ्नो संस्थालाई सहयोग गरेर यी बालबालिकालाई संरक्षणमा टेवा पु¥याउन सबैमा आग्रह गरेका छन् । अहिले जताततैवाट यस्ता समस्यामा परेका बालबालिकाहरु आफ्ना संरक्षण केन्द्रमा आउने सङ्ख्या बढ्नेक्रम जारी रहेको गुरुङ्गले बताए ।
कक्षा १२ सम्म पढाएर आफ्नो खुटृामा उभिनसक्ने भएपछि आपूmले केन्द्रबाट बालबालिकालाई बिदा गर्ने गरेको उनको भनाइ छ । संरक्षण केन्द्रमा बसी पढेर अहिले संस्थामा काम गर्दै वीएड पढिरहेका त्रिमती गुरुङ्ग, आसीष नेपालीलगायतले मोहनदासलाई सम्झिरहने गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण