शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

डोल्पामा अनियमितता मौलाउँदो, अख्तियार मौन  

बिहीबार, २४ मङ्सिर २०७२, १२ : १२
बिहीबार, २४ मङ्सिर २०७२

डोल्पा–क्षेत्रफलका हिसाबमा नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा भएतापनि जनसङ्ख्या भने करीव ३६ हजारको हाराहारीमा रहेको छ ।

त्यसो त भौगोलिक कठिनाइका कारण डोल्पामा शिक्षा, स्वाथ्य, यातायात, संचारको सुबिधाबाट पनि डोल्पालीहरु बञ्चित रहेका छन् ।

डोल्पामा गुणस्तरीय शिक्षा प्रदान गर्ने बिद्यालय तथा क्याम्पसहरु नँहुदा शिक्षा आर्जनको लागि जिल्ला बाहिरका सहरहरुमा जानुपर्ने डोल्पालीहरुको बाध्यता रहेको छ । त्यसो त डोल्पामा साक्षारता झण्डै पचास प्रतिशत मात्र रहेको रेकर्डले देखाउने गर्दछ । यसै कारणले अधिकांश डोल्पालीहरु शिक्षाको उज्यालो घामबाट बञ्चित छन् । अशिक्षाकै कारण डोल्पालीहरुमा आफ्नो चासोको बिषयमा चेतना क्षमता एकदमै न्युन रहेकाले जानाजान अनियमितताको आवाज कमै उठ्ने गर्दछ । डोल्पाको बिकासि कामकाजमा डोल्पालीहरु तथा नियमनकारी निकायको कम टिकाटिप्पणि र न्युन चासोको कारण डोल्पामा पछिल्लो समयमा भ्रष्टाचार मौलाउँदै गएको सरोकारवालाहरुको बुझाई रहेको छ । भौगोलिक बिकटता फाईदा उठाउँदै र सम्बन्धित निकाय बेखबर रहने कारणले पनि डोल्पामा पछिल्लो समयमा भ्रष्टाचार मौलाउँदै गएको उनिरहहेको बुझाई छ ।

डोल्पाका कार्यालयहरुमा भएका कर्मचारीहरुको कम पारदर्शिता तथा कम जफाबदेहिताको कारण डोल्पाको हरेक क्षेत्रमा आउने बिकासित कामकाजको रकम हिनामिना हुने गरेको सरोकारवाला भनाई रहेको छ ।

डोल्पाका राजनितिक दलहरुपनि समय अनुसार आफु अनुकुल हुने तथा राजनितिक संरक्षण दिने गरेकालेपनि कार्यालयका कर्मचारीहरु बिकासि रकम हिनमिनागर्न थप लालाहित हुने गरेको उनिहरुको बुझाई रहेको छ । निष्किृय खबरदारी गर्ने निकाय भएकाले पनि डोल्पाका हरेक कार्यालयमा अनियमितता हुने गर्दछ । गल्ती गर्ने कसुरवालाहरुलाई राजनितिक संरक्षण प्रदान गर्नाले पनि पछिल्लो समयमा भष्ट्राचार मौलाउँदै गएको नागरिक अगुवाहरु बताउँछन् । सिंहदरबारदेखि दुर दराजमा रहेको डोल्पामा हुने अनियमितताको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो नदेखाएको डोल्पाली सचेतक तथा नेपाली कांङ्ग्रेस उपसभापति अंगत कुमार बुढाले बताए ।

डोल्पामा सडक बिस्तारको लागि लागू भएको ग्रामिण पुर्वाधार तथा जिबिकोपार्जन सुधार कार्यक्रम ड्रिलिप आयोजनाको रकम हिनामिना गरेको आरोपमा डोल्पामा दर्जनधेरै निर्माण व्यबसाहिलाई अख्तियारमा मुद्या दायर गरेको पाँच बर्ष हुँदापनि अख्तियारले सुनावाई नगरेर मुद्या पेन्डिङमा राखेको आरोप बुढाले लगाए ।

डोल्पामा आउने जम्मै बिकासिकामहरु सय प्रतिशतमा आधा मात्रै सम्पन्न गर्ने गरीन्छ भने कतिपय कामहरु कागजमै सम्पन्न हुने गरेको बुमढाले बताए ।

उनका अनुसार आफू भ्रष्टाचार बिरोधी भएकाले धेरै अगाडि देखि डोल्पाको सरोकारको बिषयमा कुरा उठाउँदै आएकाले आफ्नै पार्टि नेपाली काङ्ग्रेसका जोकोहिलेपनि रकम अनियमितता वा कार्यालयमा भएका कर्मचारीहरु जफावदेखि नभएमा तिनिहरुलाईपनि कारबाहिको दायरामा ल्याउनकोलागि लागिपर्ने बताए ।

डोल्पामा गाबिस सचिवहरु बर्षौदेखि सदरमुकाममै कार्यालय खोलेर बसिरहेका छन् । कतिपय शिक्षक, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु सम्बन्धित कार्यालयमै नगएर तलब भत्ता पचाउने गर्दछन् । यसरी डोल्पालाई भित्रभित्रै खोका्रे बनाउँदै जाने काम भईरहँदापनि सम्बन्धित निकाय मौन बसिरहेको हो । त्यस्तै डोल्पामा लागेका गैरसरकारी संस्थाहरुले पनि डोल्पालीहरुको बिकासको लागि खासै उदाहारणिय काम गर्न सकेका छैनन् । डोल्पाको नाममा आउने लाखौं रकम कहाँ कसरी खर्च गरीन्छ त्यो सम्बन्धित निकायलाई चासो छैन । यहाँ बजारमा दैनिक उपभौग्य बस्तुहरुको मुल्य बजारै पिच्छै फरक फरका हुन्छ भने डोल्पाका सबैजसो होटल पसलहरुमा म्याद नाघेका सामाग्रिहरु बेचिन्छ तैपनि सराकारवाला निकाय मौन रहेका छन् । हरेक बर्ष यस्ता कुराहरुलाई उठान गर्दापनि सम्बन्धित निकायले नसुन्ने गरेको डोल्पालिहरुको आरोप रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप