शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अख्तियारमा क–कसले हेर्दैछन् दर्जनौं भिआइपीहरुकोे मुद्दा ?

बिहीबार, २४ मङ्सिर २०७२, १३ : ५५
बिहीबार, २४ मङ्सिर २०७२

काठमाडौं– पूर्वमन्त्री, सचिव, प्रहरीका उच्चपदस्थ र ब्यापारीहरुले आर्जन गरेको अकुत सम्पत्तीबारे अनुसन्धान थालेपछि आम मानिसको चासो बढेको छ, ‘अख्तियारमा क–कसले हेर्दैछन्, दर्जनौं भिआइपीहरुको मुद्दा ?’

नेपाली राजनीतिका प्रभावशालीहरुलाई पनि अख्तियारले पत्र काटेपछि कतै बीचमै अनुसन्धान रोकिने त हैन भन्ने आशंका बढ्दै गएका बेला प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘अनुसन्धान नरोकिने बरु त्यसका लागि आफू जुनसुकै चुनौती झेल्न तयार रहेको’ अभिब्यक्ति दिइसकेका छन् । अख्तियार स्रोतका अनुसार यो प्रकरणमा ‘दुधको दुध पानीको पानी’ छुट्याउन प्रमुख आयुक्त कार्की आफैं लागिपरेका छन् । अख्तियारका एक अधिकारीले भने, ‘यो मुद्दा माननिय प्रमुख आयुक्त आफैंले हेर्नुभएको छ, त्यसैले यसबारे हामीलाई केही थाहा हुँदैन ।’ यो मुद्धामा कार्कीलाई सघाइरहेका छन्, आयुक्त राजनारायण पाठकले । पदीय दुरुपयोग गरेर अकुत सम्पत्ती कमाएको आरोप लागेका ४० जना हाइप्रोफाईलहरुको प्रारम्भिक लिस्ट बनाएको अख्तियारले ‘सम्पत्ती मुल्यांकन तथा विशेष अनुसन्धान महाशाखा’ मार्फत बयान थालेको थियो । ति अधिकारीले भने, ‘अहिले त्यो सुची बढेर १५० भन्दा बढी भैसकेको छ ।’ यसरी दर्जनौं ‘ठुला माछा’ माथि एकैपटक अनुसन्धान थालेका कार्कीलाई सघाउने अर्का अधिकारी हुन्, चिरञ्जीवी खनाल । खनाल ‘सम्पत्ती मुल्यांकन तथा विशेष अनुसन्धान महाशाखा’का प्रमुख हुन् ।

अख्तियार स्रोतका अनुसार ‘सम्पती मुल्यांकन तथा विशेष अनुसन्धान महाशाखा’मा कार्यरत अधिकृतहरुको भागमा सवैभन्दा धेरै फाइल परको छ । स्रोतका अनुसार सो शाखामा कार्यरत एक अधिकृतले कम्तिमा १० देखी बढिमा १३ जना भिआइपीहरुको फाइल अनुसन्धान गरिहेका छन् । भिआइपीहरुको फाइल हेर्नेहरुलाई जथाभावी बोल्न बन्देज गरिएको छ, भने उनिहरुले हरेक दिन प्रमुख आयुक्तलाई ब्रिफिङ गर्नुपर्छ । त्यस्तै अन्य शाखामा कार्यरत अनुसन्धान अधिकृतहरुलाई कम्तिमा तिन वटा फाईल हेर्ने जिम्मा तोकिएको बताईको छ । त्यो तिनवटा फाईललाई विशेष जिम्मेवारीका रुपमा तोकिएको एक अधिकृतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप