शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एउटै कार्यक्रम स्थलबाट एमाले र एमाओवादीका नेता भनेः लोकमानमाथि महाअभियोग लगाउछौं

बिहीबार, २४ मङ्सिर २०७२, १७ : २३
बिहीबार, २४ मङ्सिर २०७२

काठमाडौ, मंसिर २४– नेकपा एमाले र एमाओवादीका दुई नेताले एकै कार्यक्रमबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयूक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउने बताएका छन् । एमाले सचिव प्रदीप ज्ञवाली र एमाओवादी लिलामणि पौडेलले कार्कीमाथि महाअभियोग लगाउने बताएका हुन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले यस्तो बताउँदै अख्तियारको नियतमाथि नै प्रश्न उठेको बताए ।

कार्यक्रममा बोल्दै ज्ञवालीले आगामि उच्चस्तरीय राजनीतिक समितिको बैठकमा यो विषयमा छलफल हुने जानकारी दिए । सचिव ज्ञवालीले भने,‘ देश स्वाधिनताको लडाईमा भएको बला जो जो उहाँको नियूक्तीको विपक्षमा रहेका थिए । उनीहलाई छानीछानी पत्र काट्दा उहाँको नियतमाथि प्रश्न उठेको छ । मुलुक संकटमा रहेको बेला राजनीतिक नेतृत्वलाई डिफंक गरेर जाने कुरा ठिक भएन ।’ यसैगरी एकीकृत नेकपा माओवादीका नेता पोख्रेलले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने विषयमा बहस सुरु भईसकेको भन्दै अख्तियारको प्रक्रिया र पद्धति नै गलत भएको दावी गरे । उनले भने,‘अख्तियार प्रमुखको काम ठिक भएन । उनको एकल निर्णयले पत्र लेखिएको जानकारी मैले पाएको छु । अख्तियार अहिले स्वेच्छाचारिताले चलेको छ । हामीले पहिला नै भनेका थियौ । परिवर्तित परिस्थितिमा उनि उपयूक्त हुन्न भनेर । अहिले देखियो ।’ पोख्रेलले संविधान निर्माणमा भारतको डिक्टेसन नस्विकारेको प्रतिसोधको रुपमा नाकाबन्दीसहितका पछिल्ला घटनाक्रमहरु भएको दावी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप