श्रीराम सुगरमिलले किसानको बक्यौता रकम चैत्र मसान्त भित्र दिने
काठमाडौं–रौतहटको एकमात्र ठुलो उद्योगको रुपमा स्थापित गरुडास्थित श्रीराम सुगर मिलले किसानको बक्यौता रकम ९० करोड रुपैया अगामी चैत्र मसान्त भित्र भुक्तानी गर्ने सहमती भएको छ । काठमाण्डौ स्थित उद्योग मन्त्रालयमा बिहिवार बसेको मिल सञ्चालक र उखु उत्पादक संघ रौतहट बिच उक्त लिखित सहमती भएको हो । बैठकमा सहभागी संघका अध्यक्ष अशोक यादवका अनुसार किसानको बक्यौता कुलरकम ९० करोड मध्ये अगामी माघ मसान्त भित्र ३६करोड र बाँकी रकम चैत्र मसान्त भित्र भुक्तानीगर्ने दुइ पक्षिय सहमती भएको हो । किशानले दिएको उँखुबापतको भुक्तानी दिन मिल प्रशासलने आलटाल शुरुगरेपछी संघ र केही सभासदहरुको अनुरोधमा उधोगमन्त्री सोमनाथ पाण्डेले श्रीराम शुगर मिलका सञ्चालक माथी दवाब दिएका थिए । मन्त्री पाण्डेको पहलमा किशानको बक्यौता रकम दिने सहमतीभएको संघले जनाएको छ । दुइपक्षिय बैठकमा किानको तर्फबाट उधोग मन्त्री पाण्डेका साथै राज्यमन्त्री मेघनाथ निशाद,सभासद डाक्टर अमरेस कुमार शिंह,सभासद सुनिल यादव जितेन्द्र,सभासद डाक्टर बंशिधर मिश्र, सभासद रामकुमार भटराइ,राप्रपा सभासद परशुराम तामांग,संघका अध्यक्ष अशोक यादव र मिलप्रशासनको तर्फबाट उधोगपती दिवाकर गोल्छाको सहभागिता रहेको थियो । गरुडास्थ्ति श्रीराम शुगर मिल गतबर्ष मंशिर २५गते क्रशिंग शुरुभए पनी यसबर्ष भुक्तानीको बिषयलिएर बिवाद हुँदा हालसम्म टुंगो लाग्नसकेको छैन । गतबर्षको सिजनमा मिलले कुल २२लाख कुइन्टल उँखु क्रशिंग गरेको थियो । तर समयमा किशानको भुक्तानी हुन नसकेको कारण गतबर्षको तुलनामा यसबर्ष ४०प्रतिशतले उँखुखेती कम भएको छ । यसबर्ष जिल्लाभरीबाट कुल १४देखी १५लाख कुइन्टल उँखु उत्पादन हुने अनुमान रहेको मिलका केन जिएम सियाराम साहले बताएका छन । ०५१ सालमा गरुडास्थित स्थापनाभएको चिनिमिलले केही बर्ष नियमित भुक्तानी गरको थियो । तर पछिलो एकदशक देखी मलिले प्रत्येक बर्ष किशानहरुलाइ भुक्तानीदिन अनेकबखेडा गर्दैआएको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण