बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जनताको सार्वभौम अधिकारमा कोही कसैसँग सम्झौता नहुने : गृहमन्त्री बस्नेत

मङ्गलबार, ०७ पुस २०७२, १४ : २६
मङ्गलबार, ०७ पुस २०७२

नेपालगन्ज– गृहमन्त्री शक्ति बस्नेतले मुलुकको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र जनताको सार्वभौम अधिकारमा भने कोही कसैसँग सम्झौता नहुने बताएका छन् । गृह मन्त्रालयद्धारा आज यहाँ आयोजित मध्य तथा सुदूरपश्चिमाञ्चलस्तरीय स्थानीय प्रशासकहरुको क्षेत्रीय गोष्ठीलाई सम्बोधन गर्दै उनले भने– ‘राजनीतिक परिवर्तन जनताको सामाजिक जीवनसँग जोडिएको हुनुपर्छ । यदि परिवर्तनको गति शून्यतामा रह्यो भने त्यो दिगो हुन सक्दैन ।’

गृहमन्त्री बस्नेतले नेपालको संविधान विश्वको लोकतान्त्रिक संविधानहरुको अघिल्लो सूचीमा पर्ने दाबी गर्दै भने – ‘संविधान पूर्ण हुँदैन । यसमा अपूर्णता हुन सक्छन् भनेर नै संविधानलाई खुकुलो बनाइएको हो । मुलुकको राजनीतिक परिवर्तनलाई दिगो तथा संस्थागत बनाउन आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा समेत उनले जोड दिए ।

गोष्ठीले मुलुकको सुरक्षा नीति, सुरक्षा कार्ययोजना, कार्यविधि निर्माणमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै गृह मन्त्री बस्नेतले मन्त्रालयले लिएका रणनीतिको जानकारी गोष्ठीका सहभागीहरुलाई गराइने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप