बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मोर्चाको मागप्रति काँग्रेस सकारात्मक : नेता निधि

बुधबार, ०८ पुस २०७२, १४ : १७
बुधबार, ०८ पुस २०७२

विराटनगर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मुलुकको समस्या समाधानका लागि काँग्रेसले ठोस रुपमा पहल गरिरहेको बताए ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे मागबारे काँग्रेस सकारात्मक रहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गरे ।

उनले सीमाङ्कनमा हेरफेर हुनसक्ने उल्लेख गर्दै मधेसमा दुई वा तीन प्रदेश काँग्रेसको आधिकारिक धारणा रहेको जानकारी गराए । उनले संविधान संशोधन विधेयक संसद्बाट पारित भएपछि जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र र राज्यको हरेक निकायमा समानुपातिक सहभागिताको मधेसी मोर्चाको माग पूरा हुने धारणा व्यक्त गरे ।

उनले सदनमा प्रस्तुत विधेयकको भाषामा मोर्चाको चित्त नबुझेको भए भाषा मिलाउन सकिने स्पष्ट पारे ।

पार्टी तेह्रौँ महाधिवेशनको तयारीमा जुटेको उल्लेख गर्दै नेता निधिले वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिमा उठ्नका लागि जुटिसकेको र आफू पार्टी महामन्त्रीमा उठ्ने पनि सङ्केत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप