बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पत्रकारमाथि भएको दुव्र्यवहारको युनियनद्वारा भत्र्सना

बुधबार, ०८ पुस २०७२, १५ : २८
बुधबार, ०८ पुस २०७२

काठमाडौँ– नेपाल प्रेस युनियन सर्लाही शाखाका सदस्य विश्वनाथ ठाकुर र केन्द्रीय प्रतिनिधि ओमप्रसाद ठाकुरमाथि सोमबार सर्लाहीमा समाचार सङ्कलनका क्रममा भएको दुव्र्यवहार र धम्कीको नेपाल प्रेस युनियनले भत्र्सना गरेको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनको फोटो खिच्ने क्रममा पत्रकारद्वयलाई ‘क्यामेरा फुटाइदिन्छु’ र ‘गोली ठोक्छु’ भन्दै सुरक्षाकर्मीले गरेको व्यवहारको भत्र्सना गरेका छन् ।

प्रतिकूल र आन्दोलनका बेलामा पनि आफ्नो धर्म निर्वाह गर्न तल्लीन पत्रकारमाथि सुरक्षाकर्मीबाट भएको दुव्र्यवहार र धम्कीप्रति युनियनले आपत्ति जनाएको हो ।

युनियनले पत्रकारमाथि भएको दुव्र्यवहार र धम्कीको निन्दा गर्दै दोषीलाई कारबाही गर्न मागसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप