वैदेशिक रोजगारले गरायो दाङमा श्रीमान–श्रीमतीको बिछोड
दाङ–पछिल्लो समय दाङमा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा वृद्धि भएको छ । आर्थिक बर्ष २०७२/२०७३ सुरु भएयता मंसिर महिनासम्म १ सय ५ जोडी श्रीमान र श्रीमती बिच नजोडिने गरी सम्बन्ध बिच्छेद भएको दाङ देउखुरी जिल्ला अदालतले बताएको छ । तर, गत आर्थिक वर्ष २०७१/७२ को मंसिर महिनासम्म ८७ जोडी श्रीमान र श्रीमतीका बिचमा सम्बन्ध विच्छेद भएको थियो । अघिल्लो वर्षलाई तुलना गर्दा यस वर्ष सम्बन्ध विच्छेद गर्नेे संख्यामा १८ जोडीले वृद्धि देखिन्छ ।
अदालतका श्रेष्तेदार बलदेव पाण्डेकाअनुसार अघिल्लो बर्ष १ सय ५५ र यस वर्ष १ सय ८५ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन् । अझै पनि दुई वर्षका गरि १ सय ४८ वटा सम्बन्ध विच्छेदका मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला अदालते बताएको छ । सम्बन्ध विच्छेदका मूल कारण वैदेशिक रोजगारका कारण श्रीमान र श्रीमतिहरु पर पुरुष र परस्त्रिसँग लाग्नु, रहेको श्रेष्तेदार पाण्डेले बताए ।
श्रीमानले विदेशबाट कमाइकजाई गरेर पैसा पठाउँछ , तर घरमा पैसाको सदुपयोग भएको पनि देखिदैँन र बचेको पनि देखिदैँन त्यसकाकारणले पनि परिवारमा कलह बढ्दै जाँदा सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको पाण्डेले बताए । अधिकाँश मुद्दा यस्तै प्रकृति हुने गरेको अदालते बताएको छ । श्रीमानले जाँडरक्सी खाएर श्रीमती छोराछोरीलाई कुटपिट गर्नु, र स्वतन्त्र रहने चाहनेले पनि सम्बन्ध विच्छेदको संख्यामा वृद्धि आएको हो । अदालतकाअनुसार सम्बन्ध विच्छेदका लागि उजुरी दर्ता गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण